१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान निर्माणको लागि 'कम्प्रोमाइज' गर्‍यौं: दाहाल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको लागि पार्टीले 'कम्प्रोमाइज' गरेको बताएका छन्।

संसदको अन्तिम बैठकमा बोल्दै दाहालले दोस्रो संविधान सभाबाट संविधान बन्दैन कि भन्ने शंकाका कारण कम्प्रोमाइज गरेरै भए पनि संविधान जारी गरिएको बताए।

'संविधान सभाबाट संविधान बन्दैन कि भन्ने शंकाका कारण कम्प्रमाइज गर्नु पर्ने अवस्था अर्को तर्फ हामीले नेतृत्व गरेका उत्पिडित समुदायका माग सम्वोधन हुँदैनन् की भन्ने चिन्ता हामीमा थियो,' संसदमा बोल्दै उनले भने।

संविधान सभाबाट संविधान पनि बनोस् र आधारभुतरुपमा सबैका भावना सम्वोधन हुन् भन्ने चाहना माओवादीको रहेको उनले बताए। 'दोस्रो संविधान सभाको बनोट हामीले चाहे जस्तो संविधान बन्ने थिएन', उनले भने, 'तर प्राप्त हुने कुरा लिन जरुरी हुन्थ्यो। यो मान्यताका साथ अधिकतम सहमतिबाट संविधान जारी गर्ने र संशोधन र परिमार्जन गर्दै अघि जाने बाटो हामीले अख्तियार गर्‍यौं।'

संविधान सभाबाट संविधान पनि बनोस् र आधारभुतरुपमा सबैका भावना सम्वोधन पनि हुन् भन्ने चाहना राखेर संविधान निर्माणमा आफु लागेको उनले बताए।  

संविधान सभाको लागि सवैभन्दा बढी वलिदान गरेको पार्टी माओवादी पहिलो संविधान सभा विघटन हुँदा सबैभन्दा बढी पीडा महसुस गरेको बताए।

दोस्रो संविधान सभा असफल नहोस् भनेर सवैभन्दा चिन्तित र सफल बनाउन कस्तो त्याग गर्नु पर्ने हो भन्नेमा तयार र चिन्तित भएर माओवादी लागेको दाहाको भनाई थियो।

संविधान सभाको सम्वन्ध शान्ति प्रक्रियासँग भएको उनले बताए। ठूलो विद्रोह र सम्झौता त्यससँग जोडिएर संविधान सभा आएको दाहालले बताए।

शान्ति प्रकियाको असफलता र संविधान सभाको सफलता कल्पना गर्न नसकिने उनको भनाई थियो।

पार्टी विभाजन हुने स्थितिमा पनि सेना समायोजन गर्ने जोखिम मोलेरै संविधान जारी गर्न आफु लागेको उनको भनाई थियो। 'संविधान सभाबाट मात्रै हामीले गरेको वलिदानको मूल्य र क्रान्तिको राजनीतिक औचित्य कसरी पुष्टि हुन सक्थ्यो', उनले भने।

प्रकाशित: २८ आश्विन २०७४ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App