१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल ब्याटिङमा फेरि कमजोर

काठमाडौं- हङकङसँग ८३ रनले हारेपछि  आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर विश्वकप छनोट प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना असम्भव प्राय बनेको छ ।

‘बलरले राम्रो गरे पनि ब्याट्सम्याले खेल्न नसक्दा हार्नु प¥यो ।  लक्ष्य ठूलो थिएन तर  ब्याट्सम्यानले जिम्मेवारीपूर्वक खेलेनन् । यो हारले पाठ सिकाएको छ । अर्को खेलमा सुधार गर्नेछौं ।’

विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर विश्वकप २०१९ छनोट प्रतियोगितामा छनोट हुनका लागि नेपालले अब बाँकी सबै खेल जित्नुपर्छ भने केन्या र हङकङले सबै खेल हार्नुपर्छ । नेपालले आइतबार हङकङविरुद्ध दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले पुछारको टोली युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेल्न बाँकी छ भने हङकङले तेस्रो स्थानको स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा खेल्नेछ । केन्याले भने दोस्रो स्थानको पपुवा न्युगिनी (पिएनजी)विरुद्ध खेल्न बाँकी छ ।
‘हाम्रो आशा भनेको राम्रो खेलेर माथि पुग्ने नै हो । जबसम्म खेल्छौं जितकै लागि खेल्छौं,’ शीर्ष चारमा विश्वकप छनोट प्रतियोगिता खेल्ने नेपालको सम्भावनाबारे कप्तान पारस खड्काले भने, ‘यहाँबाट छनोट भइएन भने डिभिजन २ खेलेर माथि उक्लने सम्भावना बाँकी नै छ । यसअघि पनि हामी डिभिजन ५ र ४ खेल्दै यहाँसम्म आइपुगेका हौं । जबसम्म खेल्छौं जिउज्यान दिएर खेल्छौं ।’
शीर्ष चार टोलीले सिधै जिम्बाबेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने छन् । बाँकी चार टोली डिभिजन २ मा झर्नेछन् । जहाँ क्यानडा र ओमनबीच राउन्ड रोविन लिगका आधारमा नामिवियामा हुने डिभिजन २ को शीर्ष दुई टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने छन् । ११ खेलबाट ८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । समान खेलबाट १३ अंक जोडेको हङकङ चौथो स्थानमा छ । समान १२ खेल खेलेका नेदरल्यान्ड(१८), पपुवा न्युगिनी (पिएनजी) (१६), स्कटल्यान्ड (१५), केन्या (१२) क्रमशः पहिलो, दोस्रो, तेस्रो र पाँचौ स्थानमा छन् ।
शुक्रबार मेङकङस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ लागि निम्त्याइएको हङकङले ५० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ९४ रनको योगफल बनाएको थियो । १ सय ९५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी नेपालले ३४.५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र जोड्न सक्यो ।
हङकङका लागि जेमी अकिन्सनले ७६ रन बनाए । तानविर अफजलले ३८ तथा बाबर हायतले २९ रन बनाए ।  निजाकत खानले १२ र वाकस खानलले १४ रन जोड्दा एसान नवाज १६ रनमा अविजित रहे । नेपालका लागि स्पिनरहरूले ६ विकेट लिए । सन्दीप लामिछानेले ३, वसन्त रेग्मीले २ र सुशन भारीले १ विकेट लिए । करण केसीको नाममा २ विकेट रह्यो ।
नेपालका प्रशिक्षक जगत टमाटाले बलरले राम्रो गरे पनि ब्याट्सम्याले खेल्न नसक्दा हार्नु परेको बताए । ‘१ सय ९५ रनको लक्ष्य हाम्रो लागि ठूलो होइन । तर, ब्याट्सम्यानले जिम्मेवारीपूर्वक खेलेनन् । आज पनि हाम्रो आपनरहरू फ्लप भए,’ प्रशिक्षक टमाटाले थपे, ‘शीर्षक्रमका ब्याट्सम्यानले जिम्मेवार भएर खेल्नु पथ्र्यो । कम्ती दुई जनाको बीचमा ५०÷५० रनको साझेदारी भएको भए सजिलै लक्ष्य पूरा गर्न सकिन्थो तर २० रनको साझेदारी पनि गर्न सकेनन् । यो हारले पाठ सिकाएको छ । अर्को खेलमा सुधार गर्नेछौं ।’
१ सय ९५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्यानले घरेलु बलरलाई खुलेर खेल्न सकेनन् । नेपालका लागि कप्तान पारस खड्काले सबै भन्दा धेरै २६ रन बनाए । आरिफ शेख २३, ज्ञानेन्द्र मल्ल २१, विनोद भन्डारी १८ र सोमपाल कामी ११ रन बनाएर पवेलियन फर्किए । हङकङका दायाँहाते अफ स्पिनर एसान खानले ५ विकेट पूरा गरे । अजिज खानलले ३ विकेट लिँदा तानविर केली क्रिस्टिजको नाममा समान १÷१ विकेट रह्यो ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी ऐजाज खानको बलमा विकेटकिपर अकिन्सनमार्फत क्याच भए । अम्पाएरको उक्त निर्णयमा कप्तान पारस सन्तुष्ट देखिएनन् ।  ‘दीपेन्द्रको निक लागेको थिएन । खेलाडीले पनि राम्रोसँग अपिल गरेका थिएनन् । तर, अम्पायरले आउट दिए,’ कप्तान पारसले भने, ‘हामी कठिन अवस्थामा थियौं र दीपेन्द्र महŒवपूर्ण खेलाडी थिए । तर, दुर्भाग्य उनी आउट भए ।’

प्रकाशित: २८ आश्विन २०७४ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App