१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इक्वेडरलाई ३–१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा

काठमाडौँ – २०१४ को विश्वकप उपविजेता अर्जेन्टिना अन्ततः रुस विश्वकपका लागि छनोट भएको छ । बुधबार भएको खेलमा इक्वेडरलाई ३–१ काे गोल अन्तरले हराउँदै अर्जेटिना विश्वकपको लागि छनोट भएको हो। 

गत शुक्रबार भएको खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनालाई २०१८ मा हुने रुस विश्वकपको यात्रा कठिन बनेको थियो। 

तर बुधबारको खेलसँगै अर्जेन्टिनाले विश्वकपका लागि आफ्नो स्थान सुरक्षित बनाएकाे छ । खेलको पहिलो मिनेटमा नै इक्वेडरले गोल गरेपछि दवावमा परेको अजेन्टिनाका लागि मेस्सीले १२ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । २० औँ मिनेटमा दोश्रो गोल गर्दै अग्रता लिएका मेस्सीले ६२ औँ मिनेटमा ह्याट्रिक गरे । मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकपका लागि आफ्नो स्थान सुरक्षित बनाएको हो। 

 

प्रकाशित: २५ आश्विन २०७४ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App