१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भकारी फोर आन्दोलनका नेता गुरुङको निधन

खोटाङ – ‘भकारी फोर’ आन्दोलनका नेता हिराबहादुर गुरुङको निधन भएको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान अन्दोलनका नेता गुरुङको उपचारकाक्रममा वीर अस्पताल काठ्माण्डौंमा निधन भएको हो । जनतालाई शोषण गरेको भन्दै पञ्चायतकालिन सामन्तको ‘भकारी फोर’ आन्दोलनको अगुवाइ गरेका ७५ वर्षीय गुरुङको दम रोगका कारण निधन भएको हो ।

‘भकारी फोर’ आन्दोलनकाक्रममा पञ्चालतकालीन सरकारले टाउकोको मोल तोकेका गुरुङ २०३५ साल चैतमा पक्राउ परेका थिए । एक महिना हिरासतमा राखिएका गुरुङ आम माफी सहित २०३६ साल बैशाखमा रिहा भएको नेकपा माओबादी केन्द्रका नेता सुरेश राईले बताए ।


नेकपा चौमको सदस्य, नेकपा एकता केन्द्र जिल्ला सदस्य, संयुक्त जनमोर्चाको जिल्ला अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार रहेका गुरुङ संविधानसभाको पहिलो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार उठेका थिए ।  उनको माओवादी केन्द्रका नेताको उपस्थितिमा स्वयम्भूमा अन्त्यष्टी गरिएको छ ।

प्रकाशित: २५ आश्विन २०७४ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App