१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

रौतहट – रौतहटका असी शिक्षकलाई स्पष्टीकरण सोधिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जिल्ला शिक्षा कार्यालयमार्फत सबै तहका गरी असी शिक्षकलाई स्पष्टीकरण सोधेको हो ।
गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटाएको ठाउँमा नगएका शिक्षकलाई कार्यालयले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकोमा छ जना कर्मचारीले नियुक्ति र पारिश्रमिक समेत बुझेर पनि सम्बन्धित ठाउँमा नगएको देखिएको छ । यसैगरी निर्वाचन कार्यालय खटाएको ठाउँमा ७४ जना शिक्षकले नियुक्ति पनि नबुझेको र निर्वाचनमा पनि नगएको कार्यालयले जनाएको छ ।
कार्यालयले माध्यमिक तहका शिक्षकलाई मतदान अधिकृत, निम्न माध्यमिक तहका शिक्षकलाई सहायक मतदान अधिकृत र प्राथमिक तहका शिक्षकलाई सहायक कर्मचारीमा खटाएको थियो ।
नियुक्ति नबुझेका अधिकांश शिक्षकले आफूलाई निर्वाचनमा खटाएको हो भन्ने जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् । मावि धरहरीका प्राथमिक शिक्षक सफिन्दर प्रसाद यादवले कार्यालयले आफूलाई निर्वाचनको काममा खटाएको भनेर आफ्ना प्रधानाध्यापक, स्रोत व्यक्ति वा जिल्ला शिक्षा कार्यालयबाट कुनै आधिकारिक रूपमा पत्र नआएको वा कसैले मोबाइल फोनमा पनि जानकारी नदिएको बताउँदै स्पष्टीकरण सोधिएको सूचना आउँदा आफू अचम्मित भएको बताएका छन् ।

प्रकाशित: २५ आश्विन २०७४ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App