१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सुमनलाई अल्ट्रा म्याराथनको उपाधि

सोलु –पर्यटकहरुको भारी बोकेर जीविका चलाउँदै आएका सोलुखुम्बुका २६ वर्षीय सुमन कुलुङ यस वर्षको रोयल पेन्गुइन अल्ट्रा म्याराथनको विजेता बनेका छन् ।
११ स्वदेशी  र १५ विदेशी गरी २६ जना धावक प्रतिस्पर्धी भएको म्याराथनमा उनलाई ६४ किमी दूरी पार गर्न ७ घण्टा तीस मिनेट लागेको थियो । प्रतियोगितामा ओखलढुङ्गाका लाक्पा शेर्पा र सोलुखुम्बुका किरण कुलुङ क्रमशः दोस्रो र तेस्रो भए । २०१६ को म्याराथनमा समेत सहभागिता जनाएका लाक्पा र किरणलाई उक्त दूरी पार गर्न क्रमशः आठ घण्टा २२ मिनेट र नौ घण्टा १७ मिनेट लागेको थियो ।
सोलुकै पूर्णिमा राईले महिलातर्फ प्रथम स्थान हासिल गरिन् । महिला तर्फबाट सहभागी पूर्णिमाले भने सोही दूरी १० घण्टा ४२ मिनेटमा पार गरिन् ।
म्याराथनका विजेताहरूले १ लाख, ५० हजार र २५ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । नाम्चे बजारबाट सुरु भएको उक्त म्याराथन ठूलठूला हिमाली भीर, खोच र हिमखण्ड पार गर्दै डोले, मछ्यरमो, गोक्यो हँुदै रेन्जोला पास गरेर पुनः नाम्चे आएर टुङ्गिएको थियो ।
संसारकै उच्च क्षेत्र सगरमाथा क्षेत्रमा आयोजना हुने यस म्याराथनमा पछिल्ला वर्षहरूमा विदेशी सहभागिता बढ्दै गइरहेको म्याराथन आयोजक संस्था रोयल पेन्गुइन अल्ट्रा म्याराथनकी व्यवस्थापन निर्देशक मिङ्मा याङ्जी शेर्पाले बताइन् । 

प्रकाशित: २५ आश्विन २०७४ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App