१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

परिवार दलद्वारा तीनबुँदे सहमति अनुमोदन

काठमाडौं– नेपाल परिवार दलको केन्द्रीय कार्य समिति बैठक चितवनमा सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालले ४ दिनअघि दिवंगत आमाको क्रिया बसिरहेको स्थानमा बसेको केन्द्रीय समिति बैठकले नेकपा एमाले र परिवार दलबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको हो ।
त्यस्तै, बैठकले मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्य सम्पादन समितिलाई अधिकार दिएको छ । पूर्वमन्त्रीसमेत रहेका ढकालले केन्द्रीय समितिको बैठकमा एमालेसँगको चुनावी गठबन्धन मुलुकमा स्थिरता र विकासको लागि भएको बताए ।
 ‘राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रको खातिर एमालेसँग  सहकार्य गरेको प्रस्ट पार्दै गठबन्धनलाई अत्यधिक बहुमतका साथ बिजयी गराउनुपर्छ,’ ढकाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तोकिएको मितिमै निर्वाचन हुनुपर्छ ।’
एमालेसँग भएको सहमतिकै आधारमा पार्टीले उम्मेदवारी दिने पनि उनले बैठकलाई जानकारी गराएका थिए ।
महामन्त्री विनोद डाँगीले प्रतिनिधिसभा तथा सबै प्रदेशमा परिवार दलको प्रत्यक्ष र समानुपातिक उम्मेदवार हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित: २५ आश्विन २०७४ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App