१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा १८ आतंककारी मारिए

मजार इ सरिफ - अफगानस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिए ।

'हवाई बलको सहयोगमा अफगान सुरक्षा बलले बाल्ख प्रान्तको चामताल जिल्लाको तालिबान लुकेर बसेका कैयौँ गाँउमा गरेको यस कारबाहीको क्रममा १८ विद्रोही मारिनुको साथै अन्य १२ जना घाइते भएका छन्,'उनले भने । हालसम्म प्रान्त जानकारीअनुसार यस कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत भएको छैन ।

तालिवानी आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । बाल्खमा पनि पछिल्ला केही दिनयता तालिबानका हिंसात्मक क्रियाकलाप बढेको भन्दै सुरक्षा बलले निगरानी राख्न थालेको छ ।

प्रकाशित: २४ आश्विन २०७४ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App