१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लुम्बिनीलाई प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि

पाल्पा – सदरमुकाम तानसेनमा संञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ । सोमबार भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । पहिले ब्याटिङमा उतेको लुम्बिनी क्रिकेटका लागि मैनुद्धिन खाँन काजुले ३५ रन, सुद्धिन खान २५ र अहमत खानले १८ रनको योगदान दिएका थिए । मैनुद्धिन खान र वैदुलन खानले ३–३ विकेट लिएका थिए । 
एक सय ५१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा प्रोफेसनलले १५ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बनाएको थियो । प्रोफसेनलका अजय सुवेदीले चार र सुरेश थापाले तीन विकेट लिए । विजेता लुम्बिनी र प्रोफेसनले क्रमश ६० हजार र ३० हजार पुरस्कार प्राप्त गरे ।
 

प्रकाशित: २३ आश्विन २०७४ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App