१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाबुको कुटाईबाट छोराको मृत्यु

लहान— लहान-२० ब्रमहान गोर्छारीमा बाबुको कुटाईबाट गम्भीर घाइते भएका छोराको उपचारकाक्रममा आइतवार मृत्यु भएको छ।

स्थानीय वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका सञ्जित रामको न्युरो अस्पताल बिराटनगरमा उपचारकाक्रममा मृत्यु भएको हो। ईलाका  प्रहरी  कार्यालय लाहानका  डिएसपी  रजकुमार केसीका अनुसार जेठ २३ गते साँझ सञ्जित पत्निसँग विवाद भाइरहेका बखत बेचन पुगेको  थिए।

 

बेचनले  संजितको टाउकोमा प्रहार गर्दा  उनी  भुँइमा ढलेका  थिए।  तत्काल आवेशमा  आएर  प्रहार  गरे पनि छोरा  ढलेपछि बुबा वेचनले नै उपाचारका लागि न्यूरो अस्पताल् बिराटनगर  पुर्‍याएका थिए।  उपचारको क्रममा  दश  दिनपछि आँखै  अगाडि  छोराको मृत्यु भएपछि बेचनलाई  मोरङ प्रहरिले हिरासतमा लिएको डिएसपी केसीले बताए।
 

झगडा छुट्टाउने क्रममा  बेचनले आर्को  छोरा रञ्जितलाई समेत कुटपिट गरेका थिए। रञ्जितको न्यूरोमै उपचार भाइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०७३ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App