१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गौचन हत्याको अाधा घन्टापछि रिभल्वरसहित तीन पक्राउ

काठमाडौं—निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको अाध संलग्न भएको शंकामा प्रहरीले तीन जनालाई रिभल्वरसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गौचन हत्याको अाधा घन्टापछि मनमैजू क्षेत्रबाट तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एआइजी जयबहादुर चन्दले नागरिकन्युजलाई बताए। उनीहरुसँगबाट हतियारसमेत बरामद भएको प्रहरीले जजनाएको छ।

'निर्माण व्यवसायी हत्यामा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो', एआइजी चन्दले नागरिकन्युजसँग भने,'उनीहरुमाथि गौचन हत्यासँग जोडेर अनुसन्धान भइरहेको छ।'

रिङ तामाङ, सञ्जय तामाङ र दीलिप लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु सबैको स्थायी ठेगाना काभ्रे रोशी नगरपालिका वडा ४ रहेको छ।

'निर्माण व्यवसायी हत्यामा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो', एआइजी चन्दले नागरिकन्युजसँग भने,'उनीहरुमाथि गौचन हत्यासँग जोडेर अनुसन्धान भइरहेको छ।'

गृहमन्त्रीले गाैचन परिवार भेटे

प्रहरीले तीन जना पक्राउ गरेको केही समयपछि सोमबार साँझ  गृहमन्त्री जनार्दन शर्मा गौचन परिवारलाई भेट गरेका छन्। उनले चाँडै हत्यारालाई कानुनी दायरामा ल्याउने बचन बद्धता जनाए।

यसअघि गृहमन्त्री शर्माले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका विषयमा प्रारम्भिक जानकारी प्राप्त भएको भन्दै सञ्चाकर्मीसँग भनेका थिए, ’हामीसँग प्रारम्भिक जानकारी आएको छ। अब हत्यारालाई पक्राउ गरेपछि डिटेल सार्वजनिक हुन्छ। अहिलेको प्राथमिकता हत्यारालाई नियन्त्रणमा लिनु भएकाले सबै जानकारी दिनु उपयुक्त हुँदैन।' 

देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंमा हत्या थियो। नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो।

तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्योइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले काठमाडौंबाट बाहिर जाने नाकाहरुसमेत कडा चेकजाँच गरी हत्याराको खोजी गरिरहेको छ। 

पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।

प्रकाशित: २३ आश्विन २०७४ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App