१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जिप दुर्घटनाका घाइतेलाई काठमाडौँ ल्याइयाे

ताप्लेजुङ - तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडाैं ल्याइएकाे छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि मोरङ, उर्लाबारीका–२६ वर्षीय दिलीप घिमिरे र २० वर्षीय अनिलजंग थापालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे हाे ।

घाइतेमध्ये घिमिरेको अवस्था गम्भीररहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । साेमबार बिहान फुङ्लिङ नगरपालिका–१० मा पर्ने भालुगौँडे–सुकेटार पाथीभरा सडक खण्डमा भएको जीप दुर्घटनामा उनीहरु घाइते भएका थिए । दिलीपकी श्रीमती २५ वर्षीया अनिता र दाजु ३० वर्षीय होमराजको ज्यान गएको थियो । मे १ ज १३०८ नंको जीप बिहान साढे अाठमा दुर्घटना भएकाे थियाे ।

 

प्रकाशित: २३ आश्विन २०७४ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App