१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र र नेकपा (संयुक्त) बीच पार्टी एकता हुने

काठमाडौँ -  नेकपा(संयुक्त)ले नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने भएको छ । सो पार्टीको साेमबार सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । सो पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेपछि एकता प्रक्रिया सार्थक रुपमा अगाडि बढ्ने जानकारी दिए ।


बैठकमा सो पार्टीका महासचिव सुनिल मानन्धरले पार्टी एकताको प्रस्ताव राखेका थियो । एकताका लागि माओवादी केन्द्रसँग छलफल भइरहेको र केही प्राविधिक तथा राजनीतिक विषय मिलाउन बाँकी रहेको उहाँको भनाइ छ । आगामी संघीय तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्ह हसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको नेकपा (संयुक्त)ले गरेको थियो ।

प्रकाशित: २३ आश्विन २०७४ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App