१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अागामी सरकारकाे काँधमा जिम्मेवारीको थुप्रोः खिलराज रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्वाेपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गरेका छन्।

गाउँ सेवा परिवार, बिर्घा, स्याङ्जाको २०औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले भने, “त्यसका लागि हृदयमा इमानदारी र मस्तिष्कमा समझदारी भएमा मात्र काँधको जिम्मेवारी पूरा गर्न सकिन्छ।”

परिवर्तित अवस्थामा राजनीतिलाई सही बाटोमा डोर्याउन संविधान कार्यान्वयनको सवालमा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सबै राजनीतिक दलले साझा धारणा बनाउन गम्भीरतापूर्वक जुट्नु जरुरी छ– पूर्वअध्यक्ष रेग्मीले भने।

हृदयमा इमानदारी र मस्तिष्कमा समझदारी भएमा मात्र काँधको जिम्मेवारी पूरा गर्न सकिन्छ।
 

सरकारले दैनिक प्रशासनको कामभन्दा संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउने काममा जुट्न आवश्यक छ भन्दै उनले सधैँको जोड घटाउको राजनीतिमा अल्झँदा सङ्क्रमण लम्बिन गएको र मुलुकमा परनिर्भरता बढ्दै गएकोतर्फ सचेत हुन आग्रह गरे।

उनले भने, “सबैभन्दा प्राथमिकता र बोझिलो जिम्मेवारी भनेको संविधान कार्यान्वयन नै हो, यो जिम्मेवारीको भारी नबिसाई अरु जिम्मेवारी लिन मिल्दैन, भावी पुस्ताले शिक्षा, रोजगारी र समृद्धि खोजेका छन्, अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ।”

 

प्रकाशित: १५ श्रावण २०७३ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App