१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपाले तरंगित राजनीति

नेपालगन्ज- राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र नं. २ बाट सूर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बहालवाला सांसदलाई सिफारिस सूचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवारको रुपमा अघि सारेको छ ।
    मिश्रलाई उम्मेदवार बनाउनु एमालेको ‘बाध्यता’ होला, त्यसले भुइँचालो भने राजपामा ल्याएको छ । ५ नम्बर प्रदेशको तराई क्षेत्र नवलपरासीदेखि बाँकेसम्म राजपाभित्र थुप्रै ठाउँमा यस्तो भुइँचालो गएको छ, जसको कम्पनले समग्र प्रदेशको राजनीतिलाई तरंगित बनाएको छ ।
    स्थानीय तह निर्बाचनबाटै पार्टीसँग असन्तुष्ट बनेका राजपा अध्यक्षमण्डलका सदस्य हृदयेश त्रिपाठीको पार्टीबाट बहिर्गमनले उनको गृहजिल्ला नवलपरासीमा ठूलै धक्का महसुस भएको छ । असोज १६ गते एमाले महासचिव इश्वर पोखरेलसँग सहमति गर्दै उनीसहित पाँच नेताले सूर्य चिह्नमा चुनाव लड्ने घोषणा गरेका थिए । सहमतिपत्रमा त्रिपाठी, मिश्रसँगै राजपाका अर्का महामन्त्री बृजेशकुमार गुप्ता, केन्द्रीय सदस्यजगदीश शुक्ला र ईश्वरदयाल मिश्रले हस्ताक्षर गरेका छन् ।
    ‘हामीले स्थानीय तह निर्वाचन सदुपयोग गर्नुपर्छ भनेर थुप्रैपटक आबाज उठायौं, तर नेतृत्वले हाम्रो कुराको सुनुवाइ गरेन,’ पशुपतिदयाल भन्छन्, ‘त्यसैले हामी नीतिगत रुपमै असहमत भएर पार्टीबाट निस्किएका हौं ।’
    राजपा नेतृत्व २ नम्बर प्रदेशकेन्द्रित हुँदा समस्या सिर्जना भएर पार्टी त्यागेका नेताहरूको भनाइ छ । पशुपतिदयालको भनाइमा राजपाले दोस्रो चरण निर्वाचन सदुपयोग गरेको भए बाँके, कपिलबस्तु, रुपन्देही र नवलपरासीमा राम्रो नतिजा ल्याउन सक्थ्यो । ‘नेतृत्वले पाँच नम्बर प्रदेशलाई बेवास्ता गर्दा यताको अवस्था शून्य भयो,’ उनी भन्छन्, ‘बरु तेस्रो चरण निर्बाचनमा भाग लिएर उता (२ नम्बर प्रदेशमा) भने राजपालाई बलियो परिणाम दिलाइयो ।’
    २०७० को संविधानसभा निर्वाचनलाई हेर्ने हो भने ५ नम्बर प्रदेशअन्तर्गत पर्ने तराईका जिल्ला राजपाको राम्रो पकड भएका क्षेत्र हुन् । राजपाको एक घटक तमलोपाका चारजना प्रत्यक्ष सांसदमध्ये तीनजना शर्वेन्द्रनाथ शुक्ला, बृजेश गुप्ता र कमलेश पुरी यही प्रदेशका छन् । यीमध्ये अहिले शुक्लामात्र राजपामा छन् । कमलेश राजपा छोडेर स्वतन्त्र हैसियतमा बसेका छन् ।
    मधेस राजनीतिबारे जानकार अधिकारकर्मी आलम खान चुनावको मुखमा महŒवपूर्ण नेताहरूको बहिर्गमनले राजपालाई ठूलो धक्का लागेको बताउँछन् । यसले समग्र ५ नम्बर प्रदेशको संसदीय चुनाव परिणामलाई प्रभावित गर्ने उनको भनाइ छ । ‘मधेसको नाममा लामो आन्दोलन गरेका नेताहरु तिरतरबितर हुँदा यसले मधेसी जनताको भावनामाथि खेलवाड गरेको त ठहरिने नै छ,’ उनी भन्छन्, ‘तात्कालिक रुपमा भने यसले राजपालाई कमजोर तुल्याई प्रदेशसभा चुनावमा परिणामलाई प्रभावित पार्नेछ ।’
लगातार तीनपटक सांसद भएका कपिलबस्तुका बृजेशकुमार आप्mनो क्षेत्रमा निकै प्रभावशाली मानिन्छन् । पार्टीले स्थानीय तह निर्बाचन बहिस्कार गरेको अवस्थामा उनले आप्mना काका रामदास गुप्तालाई कपिलबस्तु नगरपालिकाको मेयरमा स्वतन्त्र हैसियतमा चुनाव लडाएका थिए । बृजेश खुलेर प्रचारमा नलागे पनि रामदास थोरै मतान्तरले पराजित भएका थिए । ‘अब त उहाँ (बृजेशकुमार) खुलेरै लाग्नुभएको छ,’ राजपामै रहेका एक कार्यकर्ता भन्छन्, ‘यसले हाम्रो जिल्लामा त असर त पारिहाल्छ नि !’
राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता भने मधेस आन्दोलनको रापबाट स्थापित भएका नेता अर्को पार्टीमा जाँदैमा त्यसले खासै ठूलो असर नपार्ने बताउँछन् । ‘चुनावमा मधेसी जनताले आप्mनो एजेन्डा बोकेका दललाई हेर्ने निश्चित छ,’ उनी भन्छन्, ‘जो–जो जानु भो, उहाँहरूले आप्mनो नीति राजपामै छोडेर जानुभएको छ, त्यसैले हल्ला गरिएजस्तो असर पर्छजस्तो मलाई लाग्दैन ।’

विरोधाभास
    स्वतन्त्र राजनीतिक समूहको नाममा सूर्य चिह्नमा चुनाव लड्ने घोषणा गरेका राजपाका नेताहरू आपूm तत्काल एमाले प्रवेश नगरेको बताउँछन् । पशुपतिदयालको भनाइमा यो समूहका उम्मेदवार जुन चिह्न लिएर मैदानमा उत्रिए पनि जितपछि स्वतन्त्र हैसियतमै रहनेछन् ।
तर, यसले राजनीतिमा नयाँखाले विरोधाभास जन्माएको छ । वरिष्ठ अधिवक्तासमेत रहेका राजपाका केन्द्रीय उपाध्यक्ष गुप्ता दलको चुनावचिह्न लिएर मैदानमा उत्रिएपछि स्वतन्त्र भन्नुको अर्थ नहुने बताउँछन् । ‘चुनावचिह्न दलको लिएर जितेपछि उसको हैसियत दलकै सांसदको हुन्छ,’ उनी भन्छन्, ‘यहाँ त जनताको आँखामा छारो हाल्नलाई ‘अनैतिक’ कार्य भयो ।’ सांसदको उम्मेदवारीजस्तो विषयलाई सहजै दिने÷लिने व्यापारिक सामानजस्तो बनाइएको उनले बताए ।

प्रकाशित: २३ आश्विन २०७४ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App