१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनमा दुई हजारभन्दा बढीको मृत्यु

साना - यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार एक ५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ ।

यमनका २३ वटा प्रान्त मध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो । हैजाबाट कुल आठ लाख ६२६ जना विरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा सञ्चारकर्मीलाई वितरित विज्ञप्तिमा जनाइएको छ । मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् । त्यसैगरी धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि उक्त समाचारमा जनाइएको छ ।

हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले गतहप्ता मात्र यस वर्षको अन्त्यसम्म झन्डै दश लाख मानिसलाई हैजाले सताउने अनुमान गरेको थियो ।
यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् ।

 

प्रकाशित: २२ आश्विन २०७४ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App