१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वनमा थापेको पासोको छर्रा लागेर दुई घाइते, तीन नाल बन्दूक बरामद

काठमाडौं—निजगढ नगरपालिका–१ स्थित जन ज्योती सामुदायिक बनमा शनिबार सोही नगरपालिका मझिटोल बस्ने  ५४ बर्षीय मेख बहादुर पुलामी मगर र २४ बर्षीय राज कुमार सुनार बिश्वकर्माले घाँस काट्ने क्रममा अपरिचित शिकारीले थापेको धरापमा परी बिश्वकर्माको बाँया खुट्टाको पिडुलामा छर्रा लागी घाईते भएका छन्।

प्रहरीले घटनास्थल सर्च गर्दा ३ नाल भरुवा बन्दुक फेला पारेको साथै घाईतेलाई थप उपचारको लागी काठमाडांै लगिएको छ। मेख बहादुर पुलामी मगर सहित २ जनालाई आबश्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २२ आश्विन २०७४ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App