१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दूध बेचेर मासिक ६० हजार

पाल्पा, असोज २२ -रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उनले गाईपालन सुरु गरेका हुन् ।  अहिले उनलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक रु ६० हजारसम्म दूध बेचेर आम्दानी गर्ने गरेको उनले बताए ।

आफूले पाएको सफलताबाट उहाँ निकै हर्षित हुनुहुन्छ । दुई चार पैसा आवश्यक परेका बेला ऋण माग्न जाँदा नपत्याउनेका अगाडि अहिले साहसी महिला र सफल व्यवसाय बनेका छन् । 'पैसा भए सबै नभए कोही न कोही भनेझै आम्दानी हुन थालेपछि टाढिएका आफन्त साथीभाइ पनि नजिक हुन थालेका छन्,'उनले भने । अहिले उनकाे फार्ममा झण्डै आठ लाख भन्दा बढी लगानी परेको छ । दूध बेच्ने र गाईको स्याहारसुसार गर्दै उनको दिन बित्ने गरेको छ । यही व्यवसायबाट उहाँको पाँचजना परिवारको गुजारा र दुई छोराको उच्च शिक्षा राम्रैसँग चलेको छ । उनी दैनिक ३० देखि ४० लिटरसम्म दूध बिक्री गर्छन् ।

 

 

प्रकाशित: २२ आश्विन २०७४ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App