१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

योजनाबद्ध घुमफिर

दीपकराज जोशी
सिइओ, नेपाल पर्यटन बोर्ड 
गन्तव्य छनोट : एक्लै जाने कि साथीभाइ वा परिवारसहित त्यहीअनुसार गन्तव्य छनोट गर्नुपर्छ । एक्लै जाँदा आफ्नो रुचिअनुसार हुने हुन्छ । साथीसँग जाँदा साहसिक गतिविधि जस्तै पदयात्रा, ¥याफटिङ, साइक्लिङ, गाउँ पर्यटन, सफारीजस्ता गतिविधिमा सामेल हुन सकिन्छ । परिवारसँग जाँदा सहरी क्षेत्रका गतिविधि वा बालबालिकालाई नौलो अनुभूति दिन ग्रामीण परिवेश या होमस्टेको अनुभव गराउन सकिन्छ । यात्रामा वृद्धवृद्धा पनि छन् भने धार्मिक क्षेत्रको यात्रा राम्रो हुन्छ । बालबालिका वा वृद्धवृद्धा सहितको यात्रामा जाँदा यातायात सुविधा भएका गन्तव्य छान्नु उचित हुन्छ ।  
खर्च : मुख्यतः नेपाली पर्यटकले खर्च गर्दा खानपिनमै बढी गर्ने गरेको पाइन्छ तर बढी खर्च त्यहाँ वरपरका गतिविधि अनुभव गर्दा घुमाइको खास मज्जा हुन्छ । खानपिनमा खर्च गर्दा पनि स्थानीय तहमै उत्पादित खानामा खर्च गर्दा स्थानीयलाई प्रत्यक्ष लाभ पुग्छ । नयाँ स्वाद मिल्छ । त्यसैगरी, स्थानीय तहमा उत्पादित उपहार वा चिनोका सामग्री किन्ने बानी पनि बसाल्नु पर्छ । 
अग्रिम बुकिङ : गन्तव्य स्थलका होटल, लज वा रिसोर्टमा अग्रिम बुकिङ गर्ने बानी बसालौं । त्यसो गर्दा बास नपाइएला भन्ने चिन्ता हुँदैन । बास बस्ने ठाउँमा घाम नडुब्दै पुगौँ । राति ढिलोसम्म रेस्टुराँमा नबसौँ । बेलैमा सुतौँ । 
सामान प्याक गर्दा : गन्तव्यका मौसमअनुसार चिसो÷तातो, गाउँ, सुगम÷दुर्गमका आधारमा कपडा, जुत्ता, ब्याग, टोपी, चस्मा, प्राथमिक उपचार किट, बालबच्चा वा वृद्धवृद्धा छन् भने उनीहरुको आवश्यकताअनुसार किट, टर्च लाइटजस्ता सामग्री लैजानु पर्छ । ब्यागमा चकलेट, बिस्कुट, ड्राइफ्रुट, पानीको बोतल बोक्नु पर्छ ।  
जानकारी लिँदा : जान लागेको ठाउँ कस्तो हो, त्यहाँ वरपर गतिविधि के गर्न सकिन्छ, खानपिन र आवासको व्यवस्था के छ, सांस्कृतिक र प्राकृतिक संवेदनशीलता केही छ कि, आपतविपत पर्दा नजिकमा प्रहरी चौकी र स्वास्थ्य चौकी छन् कि छैनन् जानकारी लिनु पर्छ । साथै, आफू घुम्न जान लागेका ठाउँ र बास बस्ने स्थानको ठेगाना आफन्तलाई जानकारी गराइराख्नु पर्छ ।  
सुन्दरताको सम्प्रेषण :  घुमिरहँदा राम्राराम्रा गन्तव्य र आकर्षक गतिविधिका फोटो, भिडियो, सूचना कैद गरी फेसबुक, इन्सटाग्राम, युट्युबजस्ता साइटमा अपलोड गर्ने र साथी तथा परिवारको सर्कललाई घुम्न उत्प्रेरित गर्नुपर्छ । घुम्न जाँदा देशको समुदायको अर्थतन्त्रमा योगदान पुग्नुका साथै आफूलाई पुनर्ताजगी पनि प्राप्त हुन्छ । त्यसैले सबैलाई घुमफिरमा प्रेरित गरौँ । 

प्रकाशित: २१ आश्विन २०७४ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App