१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवार छान्दै जुम्लाका दल

संघ र प्रदेशको निर्वाचनको लागि उम्मेदवार छान्दै काँग्रेस जुम्ला : डिबी बुढा

जुम्ला – आसन्न मंसिर १० गते हुन लागेको प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा उम्मेदवारको टुंगो लगाउन दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

जुम्ला स्थित काँग्रेस, एमाले र माओवादी केन्द्रमा उम्मेदवार छनौटको विषयले प्रथामिकता पाएको छ । नेपाली काँग्रेसले क्षेत्र नम्बर एक र माओवादी केन्द्रले क्षेत्र नम्बर दुईका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ। 

काँग्रेसको तर्फबाट क्षेत्र नम्बर एकका लागि राजुसिंह कठायत प्रत्यक्ष उम्मेदवारका लागि छनौट भएका हुन् । उनी पेसाले निर्माण व्यवसायी हुन् । उम्मेदवार बनेका कठायत स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयरको लागि दाबी गर्दै आएका थिए । कठायतलाई मेयरको टिकट नदिएको भन्दै उनी निकट कार्यकर्ताले स्थानीय तहको निर्वाचनको खलंगामा मनोनयन दर्ताको दिन कालो झण्डा देखाउदै सभापति देउवाको पुत्ला दोहन गरेका थिए । यस्तै माओवादी केन्द्रले नेमकिपा छाडेर प्रवेश गरेका पुर्ण प्रसाद धिताललाई क्षेत्र नम्बर २ को लागि प्रत्यक्ष उम्मेदवार बनाएको हो । उनी स्थानीय तहको चुनावमा नेमकिपाबाट सिजा गाउँपालिकामा अध्यक्षमा लडेका थिए । एक सय ८१ मतले पराजित भएपछि प्रदेश सभाको उम्मेदवार बन्न माओवादीमा प्रवेश गरेको आरोप उनीमाथी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्लामा पुगेर आमसभामै धिताललाई टिकट थमाएर फर्केका थिए। 

काँग्रेसले क्षेत्र नम्बर एकका लागि समानुपातिक तर्फ गौरीनन्द आचार्य, दिपक शाही, नारायण शाही, भक्त बहादुर रोकाय लगायतको नाम  सिफारिस गरिएको छ । क्षेत्र नम्बर दुई लागि प्रत्यक्षमा जयहरी आचार्य, भिमनिधि हमाल,दिप बहादुर शाही, लंक बहादुर शाही, परेलाल घर्ती, नवजंग हमालको नाम सिफारिस गरिएको काग्रेस नेता गौरीनन्द आचार्यले जानकारी दिए । दुई नम्बर क्षेत्रमा आकांक्षी बढी देखिएकोले उम्मेदवार छनौटमा कठिनाई उत्पन्न भएको जुम्ला काँग्रेसले जनाएको छ। 

उनका अनुसार समानुपातिक चक्र बहादुर शाही, धन बहादुर बस्नेत, सम्पुर्ण शाही, हरिकृष्ण हमाल, नवराज शर्मा, कर्म कन्य हमाल र पुर्ण प्रसाद आचार्यलगायत सात जनाको नाम सिफारिस गरिएको छ । संघ निर्वाचनको लागि क्षेत्र नम्बर २ बाट लाल हमाल प्रत्यक्षका उम्मेदवारका रुपमा नाम सिफारिस भएकोमा समानुपातिकमा लक्ष्मी प्रसाद आचार्य छन् । यस्तै क्षेत्र नम्बर एकका लागि  देवेन्द्र शाही र कर्ण शाही प्रत्यक्ष तर्फ भाग लिने भएका हुन् । समानुपातिकमा दिनबन्धु श्रेष्ठ र खड्क सेजुवालको नाम सिफारिस गरिएको छ। 

नेकपा एमालेले आन्तरिक रुपमा गृहकार्य गरेपनि नाम सार्वजनिक गरेको छैन् । नयाँ शक्ति पार्टी जुम्लाले रामकृष्ण बुढ्थापालाई संघको प्रत्यक्ष उम्मेदवार बनाएको छ । समानुपातिकका नरेन्द्रनाथ योगीको नाम सिफारिस गरेको छ। 

प्रकाशित: १८ आश्विन २०७४ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App