१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाइ आक्रमणमा तीन सय बिद्रोहीको मृत्यु

मस्को, रसिया, असोज १७ – सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका तीन सय४ जना बिद्रोहीको विगत दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । 
मृतकमध्ये सात जना तहका आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेका मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । हवाई आक्रमणमा आइतबार र सोमबार गरी तीन सय ४ जनाको मृत्यु भएको छ भने एक सय ७० जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् । 
कारबाहीमा आतङ्ककारीले प्रयोग गर्दै आएका आश्रयस्थल,थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएका विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: १७ आश्विन २०७४ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App