१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

रामपुर- निस्दी गाउँपालिका–७ ज्यामिरेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्। 


मृत्यु हुनेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन्। घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।  दुर्घटना के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन। रासस

प्रकाशित: १७ आश्विन २०७४ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App