१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिममा यातायात ठप्प, जनजीवन प्रभावित

धनगढी– सुदूरपश्चिम यातायात व्यवसायी समिति धनगढीले यातायात ठप्प पारेपछि शनिबार सुदूरपश्चिमकाे जनजीवन प्रभावित भएको छ।

यातायात ठप्प हुँदा धनगढीबाट लामो तथा छोटो दूरीका कुनै पनि बस सञ्चालन हुन सकेका छैनन्।

सुदूरपश्चिम यातायात र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका विषयलाई लिएर भएको विवादले शुक्रवार उग्र रुप लिएपछि दुवै पक्ष बीच झडप भएको थियो।

झडपका क्रममा बडिमालिका यातायात समितिको एउटा बसमा क्षति पुगेको थियो भने केही मजदुर घाइतेसमेत भएका थिए।  झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सुदूरपश्चिम यातायातका केही पदाधिकारीलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रशासनले ज्यादती गरेको विरोधमा शनिबार यातायात सेवा ठप्प पारिएको सुदूरपश्चिम यातायातका पदाधिकारीले बताएका छन्।

यी दुई समितिबीच विगत लामो समयदेखि बस सेवा सञ्चालनको विषयमा विवाद हुँदै आएको छ। सुदूरपश्चिम यातायातले ‘सिन्डिकेट’ गरेको आरोप लाग्दै आएको छ भने बडिमालिका यातायातले नियमानुसार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको छ। रासस
 

प्रकाशित: १५ श्रावण २०७३ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App