१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित : प्रधानमन्त्री देउवा

भैरहवा, असोज १६ –प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशी जनताको चाहना अनुरुप संविधान संसोधन हुने बताएका छन् । रुपन्देहीको मझगाँवामा नेपाली काँग्रेस रुपन्देहीद्धारा सोमबार आयोजित सभामा भने,‘मधेशको समृद्धि र मधेशी जनताको अधिकार स्थापित गर्न नेपाली काँग्रेस नेतृत्वमा संविधान संसोधन हुनु आवश्यक छ । प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसले बहुमत पाएमा संविधानको पुर्ण कार्यान्वयन हुनेछ । समावेसी, संघिय लोकतन्त्र, स्थायी शान्ति तथा संविधानको पुर्ण कार्यान्वयन गर्दै जनतालाई अधिकार सम्पन्न बनाउन प्रदेश र संघिय निर्वाचन अनिवार्य रहेको छ ।’ नेपाली काँग्रेसले जिते बहुदलिय व्यवस्था कायम गर्दै देशमा विकास र समृद्धि भित्रयाउने दावी प्रधानमन्त्री देउवाले गरे । 
सो कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले देशमा भएका सबै राजनैतिक परिवर्तन गरे जस्तै अब देशमा विकासको बताए । ‘ संविधानको पुर्ण कार्यान्वयनका लागि नेपाली काँग्रेस अब मधेशी समुदाय सहित सबै वर्गको चाहना अनुसार संविधानलाई संसोधन मार्फत पूर्णता दिन तत्पर रहेको छ,’उनले भने । 
कार्यक्रममा नेपाली  काँग्रेसका महामन्त्री डा. शशांक कोईराला, बालकृष्ण खाँण, मिनेन्द्र रिजाल, भरत शाह र खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक लगायतले बोल्दै मंसिर १० र २१ को निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको दावी गरे । 
त्यस्तै नेपाली काँग्रेसले आसन्न निर्वाचनलाइ लक्षित गरेर रुपन्देहीको मर्चवारमा आयोजित पार्टी प्रवेश कायक्रममार्फत संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य वसिउद्धिन खाँ, फकरुद्धिन खाँ, फोरम लोकतान्त्रीकका केन्द्रिय सदस्य वरिष्ठमणि त्रिपाठी र व्यवसायी प्रमोद यादव सहितका करिव एक हजारको संख्यामा मधेशवादी दलमा आवद्ध नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । 

प्रकाशित: १६ आश्विन २०७४ १७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App