१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

दमौली, असोज १६ – तनहुँ जिल्लामा गत आर्थिक वर्षमा २३ करोड ८८ लाख ६६ हजार आठ सय १७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो । 
तीन हजार चार ज्येष्ठ नागरिक (दलित), आठ हजार ९०८ ज्येष्ठ नागरिक, ६ हजार ७०८ एकल विधवा, ३४३ पूर्ण अपाङ्ग, दुई हजार ८११ विपन्न दलितलाई भत्ता र ७० वर्ष नाघेका ११ हजार ६७० जनालाई उपचार खर्चका लागि सो रकम भत्ता वितरण गरिएको जिल्ला समन्वय समितिका पञ्जीकरण शाखाका खरिदार एकबहादुर राना मगरले बताए ।  
बैकिङ प्रणालीबाट भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको बताइएको छ । अघिल्लो आवमा पनि तनहुँमा सोही हाराहारीमा भत्ता वितरण गरिएको थियो । भत्ता रकमले आफ्नो जीविकोपार्जनमा सहयोग पुगेको ज्येष्ठ नागरिकले बताएका छन् । 

प्रकाशित: १६ आश्विन २०७४ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App