१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगली हात्ती बस्तीमा छिर्दा स्थानीयको विजोग

कञ्चनपुर, असोज १५ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउदा आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ । स्थानीय मुकेशबहादुर साउद, शेरबहादुर साउद, कृष्ण रावल, धुम्मन रानासहित आठजनाको एक बिगाहा खेतमा पाक्नै लागेको धानबालीमा पूर्णरुपमा नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । 
 

प्रकाशित: १५ आश्विन २०७४ १६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App