१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्रे

मुस्ताङ- हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

दुई वर्षअघि देखि शुरु भएको कालोपत्रको काम दशैँअगाडि सम्पन्न भएको हो । १२ किमी लामो सडक कालोपत्र गरिएसँगै प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथ जाने यात्रुका लागि सहज भएको छ ।

जिल्लामा झण्डै २५० किमी सडक सञ्जाल भए पनि हालसम्म कुनै पनि सडकखण्डमा कालोपत्र भएको छैन। कालोपत्र गर्नका लागि दुई महिनादेखि रोकिएको यातायात सुविधा काम सकिएसँगै नियमित सञ्चालनमा आएको मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए। साँघुरो सडक, मौसमको प्रतिकूलता र उच्च भेगमा भएका कारण कामलाई तदारुकताका साथ अघि बढाउन नसकिए पनि दुई वर्षको अन्तरालमा २० करोडको लागतमा कालोपत्र गरिएको तिवारीले जानकारी दिए।

जिल्ला समन्वय समिति र डोलिडारको संयुक्त लगानीमा कालोपत्र भएको सडकलाई सदरमुकाम जोमसोमसम्म नै कालोपत्र गर्ने तयारी शुरु भएको छ। जिल्लाको सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकखण्डसमेत हालसम्म कालोपत्र भएको छैन । सडकखण्ड कालोपत्र नहुँदा सडक मार्ग हुँदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन्। रासस
 

 

प्रकाशित: १२ आश्विन २०७४ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App