१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दीको शिखमा पहिरोले दुईतले घर भत्कियो, एकको मृत्यु

माग्दी–म्याग्दीको शिख गाविस–२ टोल्केबासमा शनिबार विहान पहिरोले घर भत्किँदा एकको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घरमा भत्किँदा ८६ वर्षीय आइतसिंह दमाईको मृत्यु भएको छभने उनकी श्रीमती ८३ वर्षीया रुपा दमाई घाइते भएकी छन्। विहानपख पहिरोले घर भत्किँदा बृद्ध दमाईको ज्यान गएको हो।

पहिरोले दुईतले घर परै भत्किएकोे प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए। ‘घाइतेको अवस्था समान्य छ। आफन्तले पोखरा लैजाने तयारी गरिरहेका छन्’, उनले भने। घटनास्थल प्रहरीको टोली पुगेको छ। लगातारको बर्षाले जिल्लाको जनजीवन अस्तब्यस्त भएको छ। सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्र जोड्ने सडकसमेत अवरुद्ध भएका कारण पहिरोमा घाइते भएकोसमेत उद्धारमा समस्या हुने गरेको छ।

 

प्रकाशित: १५ श्रावण २०७३ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App