१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सदरमुकाम दुनै पुग्दै सडक

सडकनिर्माणपछि डोल्पाको खदाङपुगेका ट्याक्टर ।खदाङ त्रिपुरासुन्दरीको प्रवेश बिन्दु हो । तस्बिर: विश्वबन्धु पहाडी

काठमाडौं, असोज ११ - वर्षौंदेखि सडक सञ्जालमाजोडिन नसकेको विकट कर्णालीअञ्चलको हिमालीजिल्ला डोल्पाको सदरमुकामदुनै सडक सञ्जालको मुखमापुगेको छ ।
जाजरकोट–दुनै सडक खण्डको एक सय १७किलोमिटरमध्ये अहिलेसम्मएक सय १२ किलोमिटर सडकतयार भएको छ । अबदुनैमा सडक पुर्याउनपाँचकिलोमिटर मात्रबाँकी छ । यो खण्डको सडक बनाउन नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।केहीदिनमै दुनैमामोटर पुगेपछि अबहुम्लामात्र सडक सञ्जालबाट वञ्चितजिल्लाबाँकी रहने छ ।
दुनै पु¥याउनलामो समयदेखि सडक निर्माणको प्रयास भएपनिविकट भौगोलिकबनावट र कडा चट्टानकाकारण राष्ट्रिय सडक सञ्जालमाकहिले जोडिने भन्ने अन्योल थियो । नेपालीसेनाले कडा चट्टान फुटाएपछि डोल्पालीको वर्षौंदेखिको आशा पूरा हुनलागेकोहो । जाजरकोट–दुनै सडक खण्ड निर्माण कार्यदलकाप्रमुखतथा नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडीका अनुसार डोल्पा सदरमुकामदुनै प्रवेशको त्रिपुरासुन्दरी नगरपालिकासम्म ट्र्याक खोल्ने कामसकिएको छ ।
हालसम्मसडक सञ्जालमाजोडिन नसकेकादुई सदरमुकाममध्ये एउटा दुनै हो । सरकारले चालु आर्थिक वर्षभित्रदुनैमा राष्ट्रिय सडक सञ्जाल पु¥याइसक्ने लक्ष्यलिएको छ । ‘सरकारले लिएको लक्ष्यअनुसार बाँकीपाँचकिलोमिटरको कामपनि चाँडै सम्पन्न गर्छौं,’ प्रमुख सेनानी पहाडीले भने । राष्ट्रिय सडक सञ्जालमाजोडिन नसकेको अर्को सदरमुकामपनि कर्णालीकै हुम्लाको सदरमुकामसिमकोट हो । जुन सडकको निर्माण कार्य पनि सेनाले गरिरहेको छ ।
दसैंको मुखमासदरमुकामनजिकैसम्म सडक पुगेपछि स्थानीयनिकै हर्षित छन् । स्थानीयले ट्याक्टरमा दसैंकासामान र खाद्यान्नओसार्न थालेको बताए । त्रिपुरासुन्दरीका कर्णबहादुर रोकायले कठिन पहाडमा यति छिटो सडक पुग्लाभनेर विश्वास नगरेको बताए । ‘सडक पु¥याउने कुरा त पहिले अरुलेपनिगर्थे,’ उनले भने, ‘तर, यसपालि सेनाको प्रयासले कठिन सडककोनिर्माण कार्य सकिएकोमानिकै खुसी छौं ।’
प्रमुख सेनानीपहाडीले जाजरकोट–दुनै सडक जति सक्दो चाँडो सम्पन्नगर्ने दबाबमासेनारहेकाले तीव्र गतिमाकाम अघि बढाइएको र कार्ययोजनाअनुसार सफलतामिलेको बताए । उनले दसैंलगत्तै हाल सडक पुगेको खदाङदेखि बस सेवा सुरु गर्ने तयारी समेत भइरहेको जानकारी दिए ।
‘डोल्पा सदरमुकामदुनैसम्ममोटरबाटो पु¥याउन२२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वालपारेर दैनिकपाँच सय केजीविस्फोटक पदार्थ खपतसमेत ग¥यौं,’ पहाडीले भने, ‘जाजरकोट–दुनै सडकको निर्माण कार्य चाखलाग्दो र अविष्मरणीय रह्यो ।’ इन्जिनियर समेत रहेका पहाडीको नेतृत्वमा यसअघि देवस्थल–सल्यान–चौरजहारी लगायत सडक खण्डको निर्माण कार्य सम्पन्नभइसकेको छ । सशस्त्रमाओवादी युद्धको बेलामा समेत पहाडी नेतृत्वको नेपाली सेनामाओवादीप्रभावितबस्तीमा सडक निर्माण कार्यमासक्रियथियो ।
स्थानीयलेट्याक्टरले बोकेको चामलबाट दसैं मनाउनपाउँदानिकै हर्षित भएको बताए । पहाडीका अनुसार सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टाननभएको भए यसअघि नै उक्त सडकको निर्माण सकिइसक्नेथियो । यो सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमाजोडिनेछ भने अर्कोतर्फ छिमेकीजिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा बस्ने सर्वसाधारण पनिलाभावन्वितहुनेछन् ।
जिरो प्वाइन्ट (जाजरकोटको पासागढ) देखि रुकुमको अन्तिम सीमानासम्मकोसडक निर्माण सकिएपछि गत साउन २३ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त्यस खण्डको उदघाट्न गरेकाथिए। डोल्पाबासीजिल्लाबाहिर जानु प¥यो भने रुकुमको सीमानात्रिवेणीमा पुगेर बस चढ्ने गरेकोमाअब खदाङबाट बस चढ्न पाउने छन् । उक्त सडक खण्डमध्ये साढे ३०किलोमिटर रुकुमर ४६.७किलोमिटर जाजरकोटमा पर्छ । डोल्पामा पर्ने साढे ३१ किलोमिटरमध्ये अब५किलोमिटर मात्रसडक निर्माण गर्न बाँकी छ ।
राष्ट्रिय सञ्जालसँगैउत्तर–दक्षिण करिडोर डोल्पा सदरमुकामसडकको राष्ट्रिय सञ्जालमाजोडिएसँगै दुई छिमेकीमुलुकचीन र भारत जोड्ने सबभन्दा छोटो मार्ग समेत सोही सडक हुनेछ । भेरी करिडोर नामदिइएको उक्तसडक खण्डले चीनको स्वशासित क्षेत्र तिब्बत–मारिम्लाभन्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्जहुँदै रुपैडिहा नाकाबाट भारतलाईजोड्ने छ । दुवै छिमेकीमुलुकबाट प्रशस्तअवसर लिन सकिने सम्भावनाभएकाले मन्त्रालयले उक्त सडकलाई रणनीतिक महŒवको रूपमालिने गरेको छ । दक्षिणको रुपैडिडादेखि उत्तरको मरिमसम्मको दूरी करिब साढे चार सय किलोमिटर जतिहुने बताइएको छ ।


 

प्रकाशित: ११ आश्विन २०७४ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App