१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ शक्तिले उम्मेदवार टुंग्यायो

रुकुम, असोज १० (नागरिक)– नयाँ शक्ति पार्टी नेपाल पश्चिम रुकुमले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टुंगो लगाएको छ । मगंलबार सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलन गरी नयाँ शक्ति उम्मेदवारीको घोषणा गरेको हो ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ शरुण बाठामगर, प्रतिनिधिसभाको समानुपातिकतर्फ अमर ओलीको नाम सार्वजनिक गरेको छ । त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ डम्बर विष्ट, समानुपातिकतर्फ अर्जुन विक र क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रेमकुमार आचार्य र समानपातिकतर्फ ताराकुमारी घर्तीलाई उम्मेदवार बनाइएको छ ।

प्रकाशित: ११ आश्विन २०७४ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App