१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओखलढुंगामा एकसाथ दुई भलिवल प्रतियोगिता, विजेतालाई खसी पुरस्कार

काठमाडौँ – ओखलढुंगामा एक साथ दुई स्थानमा भलिबल प्रतियोगिता शुरु भएको छ । मोलुङ गाउँपालिका वडा नं. ४ स्थित रुपटार र नगरपालिका स्तरीय सिद्धिचरण नगारपालिकामा भलिबल प्रतियोगिताको शुरु भएको हो । 

आइतबारबाट शुरु भएको भलिवल प्रतियोगिता तीन दिनसम्म चल्ने छ । 

प्रतियोगिताको आर्थिक संयोजन समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता लिलाबल्लव दाहाल (काका)ले गरेका छन् । उनले यसअघि पनि एक्लो प्रयासमा फुटबल तथा भलिवल प्रतियोगिताको आयोजना गर्दै आएका छन् । उनका अनुसार स्थानीय फ्रेण्डशीप क्लब मोलुङसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

मोलुङमा आयोजना गरिएको भलिबल प्रतियोगितामा १० वटा टीम सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

नगरपालिका स्तरीय भलिबल प्रतियोगितामा सातवटा टीम सहभागी छन । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार मूल्यको खसी, दोश्रो हुने १२ हजार मूल्यको खसी र तेश्रो हुने समूहलाई १० हजारको खसी पुरकार स्वरुप प्रदान गरिने जनाइएको छ । 

प्रकाशित: ९ आश्विन २०७४ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App