१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पेट्रोलियम उत्खननका लागि उद्योगीसँग छलफल हुँदैछः मन्त्री पाण्डे

काठमाडौँ– उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खननका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताएका छन्।

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ  केन्द्रीय अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री पाण्डेले स्वदेशी स्रोत साधनलाई उपयोग गरी राष्ट्र निर्माणको कार्य अगााडि बढाइने बताए। मुलुकमा आर्थिक समृद्धि कायम गर्न देशमा औद्योगीकरण गर्नुपर्नेमा उनले जोड दिए।

शनिबारसम्म चल्ने अधिवेशनमा ४८ जिल्लाका एक सय बढी प्रतिनिधि सहभागी छन्। अधिवेशनमा संविधानअनुसार मुलुकमा कायम भएका सङ्घीय संरचना अनुकूल कर्मचारीको व्यवस्थापन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको प्रबन्ध गर्नुपर्ने, कर्मचारी तथा व्यवस्थापनका बीच हुने तिक्तता न्यूनीकरणका विषयमा छलफल हुने बताइएको छ।

कार्यक्रममा पूर्वअध्यक्ष धनराज पन्त, विनोददेव पन्त, तिलक अधिकारी, राजेन्द्र मिश्रलगायतलाई सम्मान गरिएको थियो। रासस

प्रकाशित: १४ श्रावण २०७३ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App