१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यान्वयन भएन सफा सहरको निर्णय

काठमाडौं- भदौ महिनाभित्र राजधानीका सबै र्पाक तथा सार्वजनिक स्थल सफा गर्ने सहरी विकास मन्त्रालयको निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
सहरी विकास मन्त्री प्रभु साहले मन्त्रालयको कार्यभार सम्हाले लगत्तै राजधानीका सबै पार्क र सार्वजनिक स्थल भदौ मसान्तभित्र सफा गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार सरसफाई र हराभरासहित सुन्दर सहर बनाउने जिम्मेवारी काठमाडौं उपत्यका विकास प्राधिकरणले लिएको थियो ।
मन्त्री साहले शुक्रबार मन्त्रालयमा आयोजित एक बैठकमा उपत्यका विकास प्राधिकरणले समयमै काम नसकेकोमा असन्तुष्टि जनाएका छन् । ‘सहर सफा गर्ने काम आफैंले गर्नुपर्नेमा मन्त्रालयले निर्णय गर्दा समेत काम भएन’, कार्यक्रममा सहभागी एक पदाधिकारीले मन्त्रीको भनाइ उदृत गर्दै भने, ‘नियमित रूपमा गर्नुपर्ने काम पनि नगरेर जिम्मेवारीबाट पन्छिने र पन्छाउने काम भइरहेको छ ।’ मन्त्री साहले चाडबाड नजिकिन लागिसक्दा पनि सरसफाई नभएका उल्लेख गर्दै भनेका छन, ‘दसैं अगावै सबै ठा“उहरूको सरसफाई हुनुपर्छ ।’
राजधानीका सार्वजनिक स्थल तथा पार्कहरू सहरी विकास मन्त्रलाय मातहतका निकायले संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । मन्त्रालयका स्रोतका अनुसार उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ट“ुडिखेल सफा गर्ने आपूmहरूको प्रयास असफल भएको बताए । ‘सेनाले निर्माण सामग्री राखेकाले समस्या भएको उनको जीकिर थियो’, स्रोतले भन्यो । तिवारीले शंखमूल पार्क, नारायणगोपाल चोक, नया“ बसपार्कलगायतका क्षेत्रमा काम भएको दाबी गरे । उनले दाबी गरे पनि यी क्षेत्र सफा छैनन् ।
तिवारीले राजधानीको फोहोर उठाउने काम बन्द भएकाले सफाईमा समस्या आएको बैठकलाई जानकारी दिएका थिए ।  ‘प्राधिकरणको भूमिका समन्वयकारी मात्र हो । आफैं कूचो लिएर बडार्न हिँड्ने होइन’, उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
शुक्रबार मन्त्रालयमा बाग्मती किनारमा बसोबास गर्दै आएका भूमिहीनलाई नागार्जुन–२ इचङगुनारायणस्थित संयुक्त आवास गृहमा सार्ने सम्बन्धि बैठक साहको संयोजकत्वमा बसेको थियो । सहरी विकास मन्त्रालयले गरिबी निवारण मन्त्रालयस“ग सहकार्य गरेर आवास परियोजना सम्पन्न गरेको थियो ।

प्रकाशित: ८ आश्विन २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App