१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महिन्द्राको नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार नेपाली बजारमा

काठमाडौं – महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार ‘इटुप्लस’ नेपाली बजारमा प्रस्तुत गरेको छ । एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्ने कार नेपाली बजारमा सार्वजनिक गरिएको हो । 

महिन्द्रा इलेक्ट्रोनिक्सद्वारा सञ्चालित अत्याधुनिक इलेक्ट्रिक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग भएको इटुप्लसमा  ४ जना व्यक्ति सहजै अट्न सकिने छ।

साथै उक्त कारमा मार्ग योजना निर्माण, कारको जाँच, कारलाई टाढाबाटै कुलिङ्ग गर्ने जस्ता प्रविधीहरुलाई एकीकृत गरिएको छ । त्यसैगरी रिमोट डाइग्नोस्टिक थ्रु टेलिम्याटिस,  स्मार्ट फोन एप्सबाट सञ्चालन, नयाँ र विशिष्ट इन्फोटेनमेन्ट सिस्टम लगायतका नवीनतम विशेषताहरु यसमा रहेको छ । 

 

प्रकाशित: ६ आश्विन २०७४ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App