१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा काँग्रेस विजयी

बारा – वर्षौदेखि लालकिलाको रुपमा रहेको निजगढ नगरपालिकामा लालकिलालाई ढाल्दै नेपाली काँग्रेसबाट सुरेश खनाल विजयी भएका छन्। 

खनालले काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा चुनाव लडेर एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ। 

कांग्रेस–माओवादी गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका बेनीबहादुर मोक्तान भने पराजित भएका छन्।

प्रमुख पदमा नेपाली कांग्रेसका सुरेशकुमार खनालले ७६४८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका नारायण खड्काले  ६८१८ मत प्राप्त गरे।  

गठबन्धनका उपप्रमुख पदका उम्मदेवार मोक्तानले ६३७३ मत मात्रै ल्याउन सफल भएका थिए भने उपमेयरमा विजय भएकी एमालेकी उम्मदेवार लिला देवी लामिछानेले ६७७३ मत ल्याइन्।
 
निजगढमा १३ वटा वडाहरूमध्ये ८ वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएका छन्।

काँग्रेसका खनाल निर्वाचित भएका निजगढ क्षेत्रबाट एमालेका पूर्व मन्त्री पुरुषोत्तम पौडेल सांसद समेत रहेका छन । 
पूर्व पश्चिम महेन्द्र राजमार्गसँग टाँसिएर रहेको निजगढ नगरपालिकाको प्रमुख पदमा काँग्रेस विजय हुनुले यस क्षेत्रबाट एमाले पार्टी कमजोर बन्दै गएको स्थानीयहरूले बताएका छन्। 

निजगढ नगरपालिकाको प्रमुख पदमा विजयी भएका नेपाली काँग्रेसका सुरेश खनाल। 

प्रकाशित: ६ आश्विन २०७४ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App