जनकपुर – धनुषा जिल्लाको मिथिलाविहारी नगरपालिकामा एमालेका मेयर र उपमेयर विजयी भएका छन्।
मेयरमा अनिल यादवले ३ हजार २ सय ४२ र उपमेयरमा अनिता साहले ३ हजार १ सय ४७ मतका साथ विजयी भएका हुन्।
उनीहरुको प्रतिद्वन्दी काँग्रेसका राजेन्द्रप्रसाद यादवले २ हजार ८ सय ३१ र परेखोदेवी यादवले २ हजार ६ सय ९२ मत पाए।
प्रकाशित: ६ आश्विन २०७४ ०६:४९ शुक्रबार