१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भालुको आक्रमणबाट गुरुङ घाइते

गोरखा – घर बनाउन प्रयोग गरिने काठ लिन जंगल गएका गोरखाको धार्चे गाउँपालिका–५ लाप्राकका कामी गुरुङलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। 

गुरुङको देब्रे आँखा र कान भालुले चिथोरिदिएको स्थानीयवासी शिक्षिका ओम्नी गुरुङले जानकारी दिए। 

घाइते गुरुङलाई हेलिकप्टरबाट थप उपचारका लागि बिहीबार राजधानीको शिक्षण अस्पताल लगिएको छ। भालुको आक्रमणपछि गुरुङ बेहोस अवस्थामा जंगलमा भेटिएका थिए। रु एक लाख ४० हजार ऋण खोजेर गुरुङलाई हेलिकप्टरबाट राजधानी लगिएको बताइएको छ। 

प्रकाशित: ६ आश्विन २०७४ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App