१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकारितामा महिलाको आकर्षण बढ्दो

पत्रकारिता तालिममा सहभागी महिलाहरू । तस्बिर : भागिश्वर लिम्बु

तेह्रथुम – जिल्लामा सञ्चारगृहको वृद्धि भए सँगै पत्रकारीतामा महिलाहरूको आर्कषण बढेको छ । यहाँ रहेको रेडियो मेन्छ्यायेमले सञ्चालन गरेको आधारभूत पत्रकारिता तालिममा ३० जना सहभागी मध्ये २७ जना महिलाहरूको सहभागीता रहेपछि पत्रकारितामा महिलाको आकर्षण बढेको पाइएको हो । 

५ दिनसम्म सञ्चालित तालिममा ६ वटै स्थानीय तहका २७ जना महिला र ३ जना पुरुषको सहभागिता रहेको थियो । पत्रकारिता तालिममा सहभागी लालीगुराँस नगरपालिकी सुस्मिता लिम्बुले पत्रकारिता तालिममा सहभागी भए पछि यस सम्बन्धी ज्ञान प्राप्त भएको बताएकी छिन् । बेराजगार रहेका जनशक्तिलाई रोजगार दिलाउन मात्र हैन सक्षम हुन समेत पत्रकारिता तालिममले सहगोग गरेको उनले बताएकी छिन् ।

पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक शिव ढुंगानाले अब स्थानीय निकायले समेत सूचना प्रवाहका लागि रेडियो सञ्चालन गर्ने नीति तयार भएकोले अब पत्रकार बन्न चाहनेहरूलाई अवसरको सृजना भएको बताएका छन् । उनले जिल्लाका ६ स्थानीय तह मध्ये दुई वटा गाउँपालिकाले रेडियो स्थापनाका लागि बजेट समेत छुट्याइसकेको बताए । 

यस अघि सम्पन्न गाउँपालिकाको गाउँ सभामा रेडियो सञ्चालनका लागि  छथर गाउँपालिकाले १५ लाख र फेदाप गाउँपालिकाले १२ लाख बजेट  प्रस्ताव गरेको छ । तालिम समापनमा बोल्दै पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले पत्रकारिता पेशामा लाग्ने पत्रकारलाई महासंघले सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् । जिल्लामा अहिले ३ वटा रेडियो प्रशारण र केही पत्रिकाहरू प्रकाशन हुँदै आएका छन्। जिल्लामा पत्रकार महासंघको सदस्यता प्राप्त पत्रकार ७० बढी रहेका छन् भने पत्रकारीता गर्ने युवायुवतीहरू दिन प्रतिदिन बढ्दै गएका छन् । जिल्लामा सञ्चालित सञ्चारगृहमा काम गर्ने मध्ये अधिकांश महिला पत्रकार नै रहेको पत्रकार महासंघका पूर्व उपाध्यक्ष नरमाया श्रेष्ठले बताइन। उनले पत्रकारितामा आउने महिलाहरूको संख्या बढी भए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या भने कम रहेकोले महिला पत्रकारलाई समेत अवसर दिनु पर्ने सुझाब दिएकी छिन्। 

प्रकाशित: ५ आश्विन २०७४ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App