१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनुषाको धनौजीमा काँग्रेस विजयी

जनकपुर— धनुषाको धनौजी गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका बद्रीनारायण सिंह र उपप्रमुखमा रामवतीदेवी मण्डल विजयी भएका छन्। एमालेका राजकुमार यादवलाई ३५५ मतको अन्तरले काँग्रेसका सिंह जितेका हुन्। काँग्रेसका सिंहले २ हजार ४२० र एमालेका यादवले २ हजार ६५ मत प्राप्त गरेका छन्।

गाउँपालिका उपप्रमुखमा काँग्रेसकी मण्डलले २ हजार ३२७ मत पाएकी छिन् भने एमालेकी इन्दिला यादवले २ हजार १९ मत पाएकी हुन्। जम्मा ५ वटा वडा रहेको धनौजी गाउँपालिकामा चार वटा पार्टीले जितेको छ । वडा नम्बर १ को अध्यक्षमा राजपा, २ र ४ मा काँग्रेस, ३ मा एमाले र ५ मा संघीय समाजवादी फोरमले जितेका छन् ।

धनौजी गाउँपालिकाको मतगणना सुरु भएदेखि नै अन्ति परिणाम आउनुभन्दा केही घण्टा अघिसम्म अग्रता कायम राखेको राजपा तेस्रो स्थानमा झरेको छ । राजपाका प्रमुख पदका उम्मेदवार जिवेन्द्र झाले १ हजार ९३७ र उपप्रमुख निर्मलादेवीले १ हजार ८४३ मत पाएका छन् ।  

 

प्रकाशित: ५ आश्विन २०७४ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App