१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रौतहटमा माओवादी अगाडि पछ्याउँदै काँग्रेस

रौतहट— अठार स्थानीय तह रहेको रौतहटमा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा सबै स्थानीय तहको मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक मतगणनामा माओवादी केन्द्रलाई नेपाली काँग्रेसले पछ्याइरहेको देखिएको छ।

माओवादी केन्द्रले गुजरा, बृन्दावन, राजपुर, कटहरिया र मौलापुर नगरपालिकाका साथै यमुनामाई र दुर्गा भगवति गाउँपालीकामा अग्रता लिएको छ ।

मंगलवार राति साढे ८ बजेको अपडेट अनुसार माओवादी केन्द्र पाँच नगरपालिका र दुई गाउँ पालिकामा अग्रता लिएको छ भने नेपाली काँग्रेसले छ नगरपालिकामा अग्रता कायम राखेको छ। माओवादी केन्द्रले गुजरा, बृन्दावन, राजपुर, कटहरिया र मौलापुर नगरपालिकाका साथै यमुनामाई र दुर्गा भगवति गाउँपालीकामा अग्रता लिएको छ ।

नेपाली काँग्रेसले चन्द्रपुर, परोहा, इश्नाथ, गढिमाई, राजदेवी र फतुवा विजयपुर नगरपालिकामा अग्रता लिएको छ । मतगणना प्रारम्भ भएदेखि चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्र अगाडि रहे पनि साँझदेखी काँग्रेसले उछिनेको हो ।

रौतहटको प्रारम्भिक मतगणनामा संघिय समाजवादी फोरम नेपाल तेश्रो र नेकपा एमाले चौथो देखिएको छ। फोरमले बौधिमाई, माधवनारायण र देवाही गोनाही नगरपालिकामा अग्रता लिएको छ भने गौर र गरुडा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। 

राजपा नेपालको पनि राम्रै बर्चस्व रहेको रौतहटमा प्रारम्भिक परिणाममा अग्रता देखिएको छैन। राजपाले गौर, गुजरा र दुर्गा भगवतीमा एमाले र माओवादीलाई पछ्याएको देखिन्छ । प्रारम्भिक परिणाम अनुसार जिल्लामा माओवादी र नेपाली काँग्रेस बीच प्रतिस्पर्धा हुने देखिन्छ।

जिल्लाको अठारवटै स्थानीय तहमा शान्तिपूर्ण मतगणना भइरहेको छ । मतगणना स्थलमा जाली तथा घेरा वेराको प्रयोग गरिएको छ । मतगणणा प्रतिनिधि तथा उमेदवारहरुले मतपत्र देख्न पाउने गरी तर जे गरे पनि झम्टिन नपाउने गरि मतगणनाा स्थलमा सावधानी अपनाइएको छ। मतगणना भइरको सवै ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको र निश्चित क्षेत्रभित्र सर्व साधारणलाई प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए।

प्रकाशित: ३ आश्विन २०७४ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App