१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलको सहयोगमा डायलाइसिस सेन्टर निमार्ण

काठमाडौं- एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा डे केयर डायलाइसिस सेन्टर निर्माण सम्पन्न भएको छ। यसले टिचिङ हस्पिटललाई मृगौलासम्बन्धी रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

मृगौलासम्बन्धी स्वास्थ्य समस्या दिनानुदिन बढिरहेका बेला सर्वसाधारणलाई मृगौलासम्बन्धी रोगको उपचार देशभित्रै सहज बनाउन योगदान पुर्‍याउने उद्देश्य लिई एनसेलले सन् २०१४ मा टिचिङ हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि उक्त सहयोग प्रदान गरेको थियो।

एनसेलले  नवनिर्मित डायलाइसिस सेन्टरमा १६ वटा डायलाइसिस मेसिन राख्न सकिने क्षमता भएको र सेन्टर सञ्चालनका लागि आवश्यक आरओ वाटर टि्रटमेन्ट प्रणाली पनि जडान गरिएको जनाएको छ। 'यो सेन्टर सञ्चालनले मृृगौलासम्बन्धी स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिमा योगदान गर्नेछ,' अस्पतालका उपनिर्देशक डा. प्रेमकृष्ण खड्गीले भने, 'मृगौलाको उपचार सहज बनाउने राष्ट्रिय नीतिअनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ। यसले थप बिरामीलाई उपचार गर्न सहयोग पुर्‍याउने बताउँदै अझै नयाँ डायलाइसिस मेसिन जडान गर्नुपर्ने उनले बताए।

एनसेलले सर्जिकल ओपिडी भवनको तेस्रो तल्लामा यो सेन्टर निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो । १६ वटा डायलाइसिस मेसिन जडान गर्न सकिने पूर्वाधार र  डायलाइसिस मेसिन सञ्चालानार्थ आवश्यक आरओ वाटर टि्रटमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामीमैत्री लिफ्ट जडान गरिएको छ। 

'मृगौलासम्बन्धी उपचारका निम्ति आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा हामी एकदमै हर्षित छौ,' एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने। 'हामीलाई आशा छ यसले हस्पिटललार्ई सरकारको योजना अनुरुप बिरामीलाई अति आवश्यक मृगौला उपचारसम्बन्धी सेवा प्रदान गर्न मद्दत गर्ने छ।'

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व  कार्यक्रम 'वी केयर' अन्तर्गत टिचिङ हस्पिटललाई उक्त सहयोग प्रदान गरेको हो। एनसेलले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई विश्वस्तरीय कार्डियोथोरासिक इन्टेन्सिभ केयर युनिट (आइसियु) स्थापना गर्न सहयोग गरेको छ।

प्रकाशित: १४ श्रावण २०७३ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App