१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खड्काले हिनामिना गरेको अर्बौ असुल्नुपर्छ: डा. केसी

काठमाडौं- भ्रष्टाचार विरुद्धका अभियान्ता त्रिवि शिक्षण अस्पताल, काठमाडौंका चिकित्सक डा.गोविन्द के.सी.ले भ्रष्टाचार र माफियातन्त्रका कारण मुलुकको अवस्था भयावह भएको बताएका छन्। के.सी.ले बर्खास्तमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई थप छानविन गरेर उनले हिनामिना गरेको अर्बौ रुपैयाँ असुलउपर गर्न माग गरेका छन् ।  के.सीले निगमको जग्गा खरिदमा उनीसँग मिलेर अनियमितता गर्नेलाई थप छानविन गर्न माग गरेका छन् । चितवन, भैरहवा, झापा, सर्लाहीमा जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले सोमबार खड्कालाई बर्खास्ती गरेको थियो । मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उनले यस्तो माग गरेका हुन् ।

उनले अनियमिततामा संलग्न सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गर्न माग गरेका छन्।

 

 

प्रकाशित: ३ आश्विन २०७४ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App