१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ मा काँग्रेसको अग्रता

जितपुर-सिमरा उपमहानगरपालिकाको मतपत्र देखाउँदै कर्मचारी। तस्विरः मदन चौधरी

काठमाडौं— प्रदेश २ मा सोमबार भएको मतदानको प्रारम्भिक मतपरिणाम आउन थालेका छन्। मतगणना भइरहेका सिरहा, रौतहट, सर्लाही, धनुषाको प्रारम्भिक मतपरिणाम आउँदा सत्तारुढ काँग्रेस सबैभन्दा अगाडि देखिएको हो।

मतगणना भइरहेकामध्ये १२ स्थानीय तहका मेयरमा काँग्रेसले अग्रता लिइरहेको छ। उपमेयरमा १३ ठाउँमा काँग्रेसको अग्रता छ।

एमाले काँग्रेसभन्दा झन्डै आधा कम ७ स्थानमा अगाडि रहेको छ भने राजपाले ५ स्थानमा अग्रता लिइरहेको छ। केही ठाउँहरुमा स्वतन्त्र उम्मेदवारले समेत अग्रता लिइरहेका छन्।

दुई नं। प्रदेशको मुख्य सहरहरु वीरगन्ज, जनकपुरको मतपरिणाम आउने क्रममा छ। तराईका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार निर्वाचन भएको थियो।

विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित: ३ आश्विन २०७४ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App