१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेट विवाद : बन्न सकेन सहमति

काठमाडौं- नेपाल स्क्वास र्‍याकेट्स संघले साउन १७ बाट धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता गर्ने भएको छ। ललितपुर सातदोबाटोस्थित कोर्टमा प्रतियोगिता साउन २२ सम्म चल्नेछ। पुरुष र महिला खुला, भेट्रान, १३ वर्षमुनि, र १७ वर्षमुनिको छात्र तथा प्लेट गरी६ विधामा ८० खेलाडीले प्रतिस्पर्धा गर्ने संघका उपाध्यक्ष तथा प्रचार संयोजक किरण श्रेष्ठले जनाकारी दिए।

संघका अध्यक्ष किशोर महर्जनले यस खेलमा युवावस्थादेखि नै प्रशिक्षण दिन सके अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउन सकिने बताए।

‘हामीले यो खेललाई उपत्यका बाहिर लैजान सकेका छैनौं। राजधानीमा पनि थोरै मात्र प्रतियोगता हुन्छन्। जसका कारण अन्तर्राष्ट्रिय स्तरमा खेल्दा खेलाडीहरू नर्भस हुन्छन्। त्यसैले यस्ता खेलबाट खेलाडीको प्रदर्शन सुधारमा सहयोग गर्नेछ,’ महर्जनले भने, ‘युवा छँदादेखि प्रशिक्षण गर्दै लौजाने हो भने पदक ल्याउन कठिन छैन। त्यसैले हामी विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा जोड दिइरहेका छौं।’

स्पर्धामा ६५ हजार नगद पुरस्कार छ।भेट्रान र प्लेटतर्फकाले भने नगद पुरस्कार पाउने छैनन्। पहिलो चरणमा पराजित हुनेले प्लेट च्याम्पियनसिमा भाग लिन पाउनेछन्। आयोजकले यो प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने जनाएको छ।

 

प्रकाशित: १४ श्रावण २०७३ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App