१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बारामा ६० प्रतिशत मत खस्यो

कलैया उपमहानगरपालिका अन्तर्गत रहेको श्री जनता निम्न माध्यमिक केन्द्रमा मत दिनको लागि लाइनमा बसेका महिला मतदाताहरु। तस्बिर : उपेन्द्र यादव

बारा – सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न मतदान केन्द्रहरूमा दिउँसो १ बजे सम्म ६० प्रतिश मत खसेको छ।

बिहान ७ बजे देखि सुरु भएको मतदानमा मतदाताहरुले उल्लेखनीय सहभागिता जनाए पछि अनुमान भन्दा बढी मत खस्न पुगेको बाराका प्रमुख निर्वाचन अधिकुत रितेन्द्र थापाले बताएका छन्।

विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त जानकारी अनुसार १ बजे सम्म लभगभ दुई लाखको हराहारीमा मतदाताहरुले आपनो मत खसाई सकेको  थापाले बताए। खसेको मत सम्पूर्ण मतदाताको ६० प्रतिशत रहेको उनले बताए।

१६ वटा स्थानीय तहको १६७ वटा वडाहरुमा तीन लाख ३४ हजार सात सय ४६ मतदाताहरू रहेको जिल्ला निर्वाचन कार्यलय बाराले जनएको छ।

जिल्लामा ३०३ मतदान स्थल अन्तर्गत  ४५८ मतदान केन्द्रबाट मतदाताहरूले मत खसालने कार्य गरी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

जिल्लामा शान्ति पूर्ण रुपले मतदान सम्पन्न गर्नको लागि नेपाल प्रहरीका तीन हजार तीन सय, सशस्त्र  प्रहरीका दुई हजार र आवश्यकता अनुसार नेपाली सेनालाई समेत परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले बताए।

बिहान ७ बजे देखि शुरु भएको मतदान दिने कार्य साँझ ५ बजे सम्म चल्ने प्रमुख निर्वाचन अधिकृत थापाले बताए।

 

प्रकाशित: २ आश्विन २०७४ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App