१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सांसद अमरेश सिंहका बडीगार्डले सर्लाहीमा गोली चलाए

सांसद अमरेश सिंह। फाइल तस्विर

काठमाडौं— नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहका बडीगार्डले गोली चलाएका छन्। सर्लाहीको बलरा वडा नम्बर ३ मा गोली चलेको हो।

सो वडाको एक कार्यक्रममा कांग्रेस नेता अमरेशकुमा सिंह पुगेपछि राष्ट्रिय जनता पार्टीका समर्थकले गाडि घेरा हालेका थिए। उनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली चल्दा कोही घाइते भएका छैनन्।

सो वडाको एक कार्यक्रममा कांग्रेस नेता अमरेशकुमा सिंह पुगेपछि राष्ट्रिय जनता पार्टीका समर्थकले गाडि घेरा हालेका थिए। उनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गोली चलाएको हो।

ललितपुरको भैँसेपाटीको बंगलोमा बस्दै अाएका अमरेशकुमार सिंह बलराका स्थायी बासिन्दा हुन्।  पछिल्लो निर्वाचनमा उनी सर्लाही ६ बाट निर्वाचित भएका थिए। त्यतिबेला पनि उनका कारण गोली चलेको थियो।

 

प्रकाशित: २ आश्विन २०७४ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App