१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुवातास नियन्त्रण अभियानमा जुम्ला प्रहरी

जुम्ला- कर्णालीको सदरमुकाम खलंगा आसपासका विभिन्न जुवाखालवाट १२ जना भन्दा बढी जुवाडे प्रहरीले नियन्त्रणमा लिइएको छ। भदौ २८ गते  चन्दननाथ नगरपालिका कृषि अनुसन्धान नजिकैको एक होटलवाट प्रहरीले  २३ हजार रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ गरेको थियो। व्यवसायीक रुपमा जुवा खेलाउने होटल सञ्चालक सहित सवै जुवाडेलाई प्रहरीले पक्राउ गरेर जुवा ऐन वमोजिम कारबाही अघि वढाईसकेको प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले जानकारी दिए। उनका अनुसार भदौ ३१ गते राति जुम्ला विमानस्थल गेट नजिकैको होटलमा जुवा खेल्दै गरेका ५ जनालाई पुन पक्राउ गरेर जुवा तास विरुद्धको अभियानलाई कडाई गर्न थालिएको हो।

जिल्लाको केहि स्थानमा व्यवसायीक रुपमा जुवा खेलेर धनजनको नास गरेको जानकारी पाईएपछि प्रहरीले छापा हानेर जुवाडे र होटल संचालकहरुलाई पक्राउ गर्दै आईरहेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठनमा प्रहरीलाई हातपात गर्न खोज्ने ५ जनालाई पक्राउ गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाईसकेको प्रहरीले जनाएको छ । जुवाको लागि अखडा ठानिएका सवै स्थानमा सुरक्षा व्यवस्था कडा बनाउँदै छापा मार्ने काम भईरहेको डिएसपी दाहालले बताए। 

    पक्राउ परेका जुवाडेलाई थप अनुसन्धान गरेर ५ दिनको म्याद थप गरिएको छ । उनीहरुलाई अदालतमा फाईल पठाएर जरिवाना तिराईने भएको छ।  जुवा खेल्न भर्खर सिक्दै गरेका र व्यवसायीक रुपमा जुवा खेल्ने दुवै प्रकृतिका जुवाडेलाई छुटयाएर कारबाही गरिने भएको हो। यसै गरि कर्णाली प्राविधिक शिक्षालयको अनमीको प्रवेश परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ। यातायात कार्यालयको सवारी लाईसेन्सको ट्राईल दिन आएका नक्कली ३ जना परिक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ। 

 

 

 

प्रकाशित: १ आश्विन २०७४ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App