१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शनिबार वियर फेष्टिवल हुने

काठमाडौं- रेडियो नागरिक ९६.५ ले 'सानमिगल वियर फेष्टिवल २०१७' आयोजना गर्ने भएको छ। नेपालमा पहिलो पटक शनिबारआयोजना हुन लागेको फेष्टिवलमा वारविक्यू, नेवारी फुड र रेष्टुरेन्टको सुविधा रहेको छ। भृकुटिमण्डपमा हुने वियर फेष्टिवलमा दर्शकहरुले खाना, वियर र म्युजिकको स्वाद एकै ठाउँबाट लिन सक्नेछन्।  परिवर्तन व्यान्ड, विग स्माइल र डिजे फुचेले विशेष सांगीतिक प्रस्तुति दिने छन्।

फेष्टिवलमा विभिन्न वियर गेम र विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेष्टिवल दिउँसो १ बजेबाट राती ८ बजे सम्म चल्ने छ। फ्रि वाइफाइको व्यवस्था रहेको फेष्टिवलमा रेडियो नागरिकको एप्स डाउनलोड गर्नेलाई विशेष व्यवस्था समेत रहेको आयोजकले जनाएको छ।

 

प्रकाशित: ३० भाद्र २०७४ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App