घुम्तीमा ब्रेकफेल हुँदा दुर्घटना, १३ को मृत्यु

शुक्रबार, १४ साउन २०७३, ०७ : ३५ सिद्धराज राई

धनकुटा- कोसी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारनजिकै बिहीबार बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको छ। दुर्घटनामा २८ यात्रु घाइते छन्।

संखुवासभाको मुढेशनिश्चरेबाट धरानका लागि बिहान साढे ११ बजे छुटेको बा२ख ७३६६ नम्बरको डाँफे–मुनाल बस दिउँसो १२ बजे दुर्घटना भएको थियो। हुस्सुसहित पानी परिरहेका बेला ब्रेक फेल भएको बस घुम्ती मोड्ने क्रममा करिब ८० मिटर तल खसेर क्षतविक्षत भएको स्थानीयले बताए।

सात जनाको घटनास्थलमै र ६ जनाको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ३८ सिटे बसमा ४१ जना यात्रु सवार थिए। 

मारेकटहरेमा आफन्त भेटेर फर्केका हात्तीखर्क–६ का पूर्व अर्थराज्यमन्त्री खेवा चित्रेबजारबाट बस चढेका थिए। प्रहरीका अनुसार खेवासहित परेवादिन–७ की तारादेवी बस्नेत र उनकी ३ वर्षीया छोरी रेश्मा, सोही ठाउँकी अतिमाया तामाङ, खिनमाया भट्टराई र धरान उपमहानगरपालिका–२ का व्यापारी वेदप्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको थियो। 

तेह्रथुम, फुलेक–६ की होमा पौडेल, धनकुटा लेगुवाका तेजबहादुर थापा, मारेककटहरेका वीरबहादुर काफ्ले, संखुवासभा, मादीका टंक कटुवाल र धनकुटा, चालक बुढीमोरङ–८ का सोनम तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका एसपी विभूतिराज पाण्डेका अनुसार मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन। 

 घाइतेमध्ये २७ जनाको बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनाको जिल्ला अस्पताल, धनकुटामा उपचार भइरहेको एसपी पाण्डेले जानकारी दिए। घाइतेलाई नेपाली सेनाको श्रीमेहर गण धनकुटा, जिल्ला प्रहरी कार्यालय, धनकुटा, सिधुवा प्रहरीचौकी, इलाका प्रहरी कार्यालय, वसन्तपुरबाट खटिएका प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए।

धनकुटा जिल्ला अस्पतालमा उपचार गराइरहेकी घाइते कमला पोखरेलले सिधुवा बजारनजिकै आएपछि ब्रेक फेल भएर बस अनियन्त्रित हुँदै भिरतर्फ खसेको बताइन्। 'ब्रेक फेल भएपछि यात्रुबीच कोलाहल मच्चियो, नालीमा हाल भनेर कराए पनि ड्राइभरले सकेन, एकैचोटि गाडी डिल नाघेर तल खस्यो,' उनले भनिन्, 'त्यसपछि के भयो थाहै पाइनँ।'

माइतीबाट फर्किएकी धनकुटा–१० की पोखरेल संखुवासभा र तेह्रथुमको संगमस्थल टुटेदेउरालीबाट बस चढेकी थिइन्।

संयुक्त बस व्यवसायी संघद्वारा  सञ्चालित उक्त बस डेढ वर्षदेखि धरान–मुढेशनिश्चरे रुटमा गुड्थ्यो। साँघुरो पहाडी बाटो अप्ठ्यारो हुँदाहुँदै पनि त्यहाँ चल्ने गाडीले सिटभन्दा बढी यात्रु बोक्ने भएकाले दुर्घटना भएको एसपी पाण्डेले जनाए।  

सबैका प्रिय हरिराज

राजनीति र साहित्यलाई सँगै अगाडि बढाइरहेका पूर्व अर्थराज्यमन्त्री तथा नेकपा (माओवादी–केन्द्र) का धनकुटा अध्यक्ष हरिराज खेवाको बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएको छ। करिब तीन दशकदेखि राजनीतिमा लागेका खेवा भद्र नेताका रूपमा चिनिन्थे।

२०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई हात्तीखर्क गाविस अध्यक्षमा निर्वाचित उनी पछि माओवादीमा लागेका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा एकीकृत माओवादीको उम्मेदवार भई धनकुटा क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भए। बाबुराम भट्टराई मन्त्रिपरिषद्मा उनी अर्थराज्यमन्त्री थिए। तत्कालीन एकीकृत नेकपा माओवादीको लिम्बूवान मुक्ति मोर्चाबाट राजनीति सुरु गरेका खेवा नेकपा माओवादी–केन्द्र धनकुटाका अध्यक्ष थिए।

२०२५ सालमा जन्मिएका उनी हृदयमान खेवा र तिर्थकुमारीका माइला छोरा हुन्। उनका भाइ भीमराज खेवा स्थानीय विद्यालयका शिक्षक हुन् भने जेठो दाइ केही वर्षअघि बेपत्ता भएका भतिज यानिन्द्र तिगेलाले बताए।

धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक खेवा राजनीतिसँगै साहित्य सिर्जनामा पनि सक्रिय थिए। उनको 'अपदस्थ जिन्दगी' नाटक संग्रह प्रकाशित छ। रेडियो नेपालले आयोजना गरेको नाटक प्रतियोगितामा उनले लेखेको नाटक प्रथम भएको थियो। उनले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, धनकुटामा रेकर्ड भएका दर्जन नाटकमा अभिनय गरेका छन्। उनका श्रीमती र दुई छोरी छन्।

चालकले ज्यानको पर्वाह गरेन :  घाइते

दुर्घटनामा घाइते धरान–१६ का रमेश श्रेष्ठ बसचालक सोनाम तामाङको नजिकै थिए। श्रेष्ठका अनुसार चालकले गियर डाउन गर्न खोज्दा भएन। चालक केही हतास भएको उनले देखे। 'के भयो भाइ?' उनले सोधे। 'केही होइन,' चालक सोनामले जवाफ दिएका थिए।

चालकले केही नभने पनि श्रेष्ठलाई आभास भइसकेको थियो, गाडी ब्रेकफेल भयो। श्रेष्ठका अनुसार झन्डै दुई किलोमिटरसम्म पनि चालकले गाडीलाई नियन्त्रणमा राख्न हरसम्भव प्रयास गरे। एउटा घुम्ती आयो, चालकले स्टेयरिङ बटार्न खोज्दाखोज्दै गाडी पल्टियो। 'गाडी ब्रेकफेल भइसकेको पक्का थियो तर ड्राइभरले पेसेन्जर आत्तिन्छन् भनेर होला, केही पनि भनेन,' घाइते श्रेष्ठले सुनाए, 'उसले चाहेको भए हाम्फालेर पनि आफ्नो ज्यान जोगाउन सक्थ्यो।'

काभ्रेका तामाङ दुर्घटना भएकै बसका चालक भने होइनन्। उनी धु्रवतारा ट्राभल्स को१ख २९६३ का चालक थिए। दुर्घटनाग्रस्त बस डाँफेमुनाल बा२ख ७३६६ हो। 

चालक तामाङका साला पर्ने सुनील श्रेष्ठका अनुसार धु्रवताराको पहाडी रुटमा शुक्रबार मात्र पालो थियो। त्यसैले उनी फुर्सदमा थिए। डाँफे मुनालका मालिक विनोद घिमिरेले एक टि्रप गाडी चलाइदिन जिद्धि गरेपछि मात्र सोनम बुधबार उक्त गाडी चलाएर संखुवासभातर्फ गएका थिए। 'हाम्रो गाडीको पालो भोलि शुक्रबार मात्र थियो। उहाँ त जान मान्नुभएको थिएन, डाँफेमुनालको साहुले चलाइदिनू भनेर जिद्धि गरेर मात्र एक टि्रपका लागि जानुभएको थियो,' ध्रुवताराका कन्डक्टरसमेत रहेका सुनीलले सुनाए।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad