१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस नेतृत्वद्वारा मधेसलाई संविधान संशोधन र बाढी नियन्त्रणको आश्वसन

राैतहटको गरुडामा बिहीबार काँग्रेसले अायोजना गरेको आमसभाका सहभागी। तस्विरः मदन ठाकुर

रौतहट— नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण शक्ति दुई नम्बर प्रदेश केन्द्रित गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका दर्जनभन्दा बढी नेताहरु मधेश दौडामा रहेका छन्। मधेसका चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले मधेसी भोटलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्।

डा.शशांक कोइरालाले संविधान असफल भए पनि नेपाली काँग्रेसले निरन्तर प्रयास गरी संशोधन गर्ने स्पष्ट पारे।

मधेसी मतदाताको नाडी छाम्दै काँग्रेसका वरिष्ठ नेताहरुले सिंहदरबारको अधिकार गाउँघरमा नेपाली काँग्रेसले ल्याएको दाबी गरेका छन्। स्थानीयस्तरको विकास गाउँपालिका र नगरपालिकाहरुले तथा ठूला आयोजनाहरु केन्द्रले पूरा गर्ने उनीहरुले बाचा गरेका छन्। मधेसको पक्षमा नेपाली काँग्रेस सधैँ रहेकोले आगामी दिनमा अझ मधेसको अधिकार र विकासको पक्षमा डटेर लाग्ने आश्वासन नेताहरुले दिइरहेका छन्।

रौतहटको गरुडामा जिल्लास्तरीय आमसभालाई विहीवार सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणको बेला भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको र अब मधेसमा डुबान नहुने बताएका छन्। तराई मधेसको मुख्य समस्या नै डुबान रहेको सन्दर्भमा भारतीय प्रधानमन्त्रीले दुई देशको प्राविधिक टोली खटाएर अध्ययन गरी पानीको निकास दिने आश्वासन दिएको सुनाउँदै प्रधानमन्त्री देउवाले देशको सबैभन्दा बढी बाढी प्रभावित जिल्ला रौतहटको पनि मुख्य समस्या समाधान हुने दोहो¥याएका छन्।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको निर्माण भएपछि मधेसमा नै विकास र समृद्धिको लहर आउने बताउँदै देउवाले नेपाली काँग्रेसको नेतृत्व स्थानीय तहमा पनि आवश्यक रहेको बताएका छन्।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई मधेसीको सम्मानको दस्तावेज बताउन नेपाली काँग्रेसले रोजगारी र समृद्धिको अभियान चलाउने आश्वासन दिए्। पौडलले एमाले, माओवादी तथा मधेसवादी लगायतका दलहरु सिद्धान्तविहीन पार्टी भएको आरोप लगाउँदै जनतासित ठगी गरेकोमा धेरै समय टिक्न नसक्ने बताए।

डा.शशांक कोइरालाले संविधान असफल भए पनि नेपाली काँग्रेसले निरन्तर प्रयास गरी संशोधन गर्ने स्पष्ट पारे। डा. प्रकाश शरण महतले एमाले, माओवादी र मधेसवादी दललाई अडान परिवर्तन गरिरहने पार्टीको आरोप लगाउँदै हरेक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको र आर्थिक परिवर्तनको नेतृत्व पनि गर्ने बताए।

कार्यक्रममा रौतहटका करिब दुई दर्जन नेताहरुले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्दा प्रधानमन्त्रीले टीका लगाई स्वागत गरेका थिए। बीच बीचमा देशमा परिचित कलाकारहरुले दर्शकलाई मनोरंजन गराउँदै पार्टीलाई भोट दिन आग्रह गरेका थिए।
र्स्बाट उत्पादित कमर्सियल भेहिकलहरुका लागि यसको १८ वटा सेल्स अफिसहरु र २४ वटा सर्भिस सेन्टरहरु र प्यासेन्जर भेहिकलहरुका लागि १६ वटा शोरुम र २४ वटा सर्भिस सेन्टरहरु नेपालभर छरिएका छन्।

प्रकाशित: २९ भाद्र २०७४ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App